शिक्षक सरुवा गर्न १ लाख घुस माग्ने शिक्षा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं : शिक्षक सरुवाका लागि सहजीकरण गर्न घुस लिने शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। पौडेललाई अख्तियारको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएपछि सोही रकम बराबर

सम्बन्धित सामग्री

शिक्षक सरुवा पारदर्शी बनाउन मापदण्ड बन्दै, हट्ला चलखेल ?

काठमाडौँ : सरकारले शिक्षकहरूको सरुवालाई व्यवस्थित बनाउन स्पष्ट आधार र प्रक्रियासहितको मापदण्ड बनाउन थालेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत यससम्बन्धी स्पष्ट आधार र प्रक्रियासहितको मापदण्ड विकासको काम भइरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। यसै कारण शिक्षा मन्त्रालयले चैत ५ गते सार्वजनिक सूचना जारी गरी सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई ‘शिक्षकहरूको जिल्लान्तर सरुवा रोक्का’ गरिएको जानकारी दिएको छ। विद्यालय तहमा हाल रिक्त

शिक्षक सरुवा गर्न उच्च अदालतको परमादेश

इलाम । सरुवा भइ जाने र सरुवा दिने विद्यालय दुवै व्यवस्थापन समितिको स्वीकृति, सम्बन्धित स्थानीय तहको स्वीकृति र शिक्षा विकास समन्वय इकाइको सहमतिमा शिक्षक सरुवा हुने गर्दछ । तर इलाममा भने सबै प्रक्रिया पु-याउँदा समेत सरुवाका लागि अदालत नै पुग्नु परेको छ । सबैको सहमतिमा सरुवाको कागजात पुरा गरी पेस गरेर पनि पटक पटक जानकारी […] The post शिक्षक सरुवा गर्न उच्च अदालतको परमादेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिक्षक सरुवा सहमतिमा पालुङटारले विभेद गरेको गुनासो

३ भदौ, काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाले शिक्षक सरुवाको सहमति दिन विभेद गरेको एक शिक्षकले गुनासो गरेका छन् । पालुङटारबाट चितवनको भरतपुर महानगरपालिकामा सरुवा हुन चाहेकी शिक्षक विमला गिरीले आफूलाई सरुवा सहमति नदिएको गुनासो गरेकी छन् । ‘पालिकाले इकाइ (शिक्षा विकास तथा समन्वय इकाइ) लाई पठाएको पत्रमा बोधार्थसमेत दिन मिल्दैन भन्नुहुन्छ, तर यस अघिकालाई दिइसक्नुभएको […]

शिक्षक सरुवा नगराउन मानव स्रोत विकास केन्द्रको निर्देशन

१३ मंसिर, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवामा रोक लगाएको छ । केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई सरुवा नगर्न निर्देशन दिएको छ । खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको भन्दै केन्द्रले तत्काल शिक्षकको सरुवा नगर्न र सरुवा […]

स्थायी शिक्षक पदस्थापनमा असर पर्ने भन्दै शिक्षक सरुवामा रोक

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवामा रोक लगाएको छ । देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई निर्देशन दिँदै शिक्षक सरुवा नगर्न भनेको हो । शिक्षक सेवा आयोगले यतिबेला स्थायी शिक्षकको पदपूर्ति गर्दै आएको छ । खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको भन्दै केन्द्रले तत्काल शिक्षकको सरुवा नगर्न निर्देशन दिएको हो । देशभरका समन्वय इकाईहरूबाट विज्ञापन प्रयोजनका लागि केन्द्रमार्फत शिक्षक सेवा आयोगलाई पत्राचार

शिक्षक पदस्थापनमा मनपरीः दरबन्दी रिक्त नहुँदै अर्को शिक्षक सरुवा पक्का

शिक्षा व्यवस्थापनका लागि प्राप्त अधिकार प्रयोग गरेको घोराही उपमहानगरको शिक्षक व्यवस्थापनको यो शैलीले भने शिक्षा नियमावलीलाई चुनौती दिइरहेको छ।...

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का

सरकारले शिक्षकको जिल्लान्तर सरुवा रोकेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा हुने शिक्षक सरुवा रोकिएको जनाएको हो।

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोकियो

काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि अन्तर जिल्ला शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का […]

आंशिक रूपमा फुकुवा भयो शिक्षक सरुवा, यस्ता छन् शर्तहरू

करीब ३ महिनादेखि रोकिएको शिक्षक सरुवा निश्चित शर्त तथा मापदण्ड पूरा गरी गर्न सकिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले विभिन्न शर्तहरूको अधीनमा रही शिक्षक सरुवा गर्न सकिने गरी आंशिक रूपमा फुकुवा गरेको हो । यसका लागि केन्द्रले ६ वटा शर्त तोकेको छ । 'एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र गर्न सकिने,' व्यवस्था गरिएको केन्द्रले सम्बन्धित कार्यालयहरूलाई गरेको परिपत्रमा उल्लेख छ ।  हेर्नुहोस्...

जिल्लान्तर शिक्षक सरुवा रोक्का

काठमाडौं : सरकारले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षक सरुवा रोकेको हो। सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लाभर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्र