आंशिक रूपमा फुकुवा भयो शिक्षक सरुवा, यस्ता छन् शर्तहरू

करीब ३ महिनादेखि रोकिएको शिक्षक सरुवा निश्चित शर्त तथा मापदण्ड पूरा गरी गर्न सकिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले विभिन्न शर्तहरूको अधीनमा रही शिक्षक सरुवा गर्न सकिने गरी आंशिक रूपमा फुकुवा गरेको हो । यसका लागि केन्द्रले ६ वटा शर्त तोकेको छ । 'एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र गर्न सकिने,' व्यवस्था गरिएको केन्द्रले सम्बन्धित कार्यालयहरूलाई गरेको परिपत्रमा उल्लेख छ ।  हेर्नुहोस्...