काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको असोज १७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।