असार १३, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड–२०७८ को अन्तिम किस्ता ब्याज तथा साँवा रकम फिर्ता भुक्तानी गर्ने भएको छ ।
कम्पनीले साउन ११ गतेदेखि खण्डित अवधिको उक्त बण्डको अन्तिम किस्ता ब्याज तथा सावा रकम भुक्तानी गर्न लागेको हो । कम्पनीले २०७१ साल असार २९ गते रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता बण्ड जारी गरेको थियो । उक्त बण्ड परिपक्व भएसँगै बैंकले अन्तिम ब्याज तथा साँवा रकम फिर्ता भुक्तानी गर्न लागेको हो ।
उक्त रकम काठमाडौं उपत्यकाको हकमा बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं र काठमाडौंको बाहिरको हकमा शाखा कार्यालय पोखरा, बीरगंज, बुटवल र विराटनगरसँगै आफुलाई पायक पर्ने नेपाल इन्भेष्टमेण्ट बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क राखी अन्तिम किस्ता तथा ब्याज तथा साँवा रकमको चेक सोही शाखा कार्यालयमार्फत मगाउन सकिने कम्पनीले बताएको छ ।
विसं २०७८ साल असार ३१ गतेसम्म सक्कल प्रमाणपत्र र ब्याज भुक्तानी पुर्जासहित आफ्नो खाता रहेको बैंकको विवरण बुझाउने ऋणपत्रधनीहरुलाई उक्त रकम खातामानै जम्मा गरिनेसमेत कम्पनीले बताएको छ ।