यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक जनाको दाबी विरोधको उजुरी परेको छ । मंगलबार तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली काँग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन् ।सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी गरेकी थिइन् । उनले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले