मेलम्चीको पानी अन्ततः काठमाडौं उपत्यकामा उपभोक्ताका धारासम्मै आइपुगेको छ। काठमाडौंमा आइतबारदेखि ४ करोड लिटर पानी खानेपानी प्रणालीमा थप भएको छ। यससँगै वर्षौंदेखिको मेलम्ची सपना साकार भएको छ। अब १५ दिनभित्र मेलम्चीको १७ करोड लिटरै पानी वितरण गर्ने तयारी छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधित पानी आइतबार दिउँसो महांकाल चौरस्थित ट्यांकीबाट उपभोक्ताका घरमा वितरण गरिएको बताए। पहिलो दिन महांकाल, अनामनगर र बानेश्वरबाट पानी वितरण गरिएको छ। ...