काठमाडौं उपत्यकामा निषेधाज्ञा १३ जेठसम्म, पार्टी प्यालेशमा विवाह, भोज गर्न नपाइने : RajdhaniDaily.com - १३ जेठ, काठमाडौं उपत्यका, निषेधाज्ञा

RajdhaniDaily.com | काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै १३ जेठसम्मका लागि पुर्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको - १३ जेठ, काठमाडौं उपत्यका, निषेधाज्ञा

सम्बन्धित सामग्री

विद्यालय–कलेज अझै १० दिन खोल्न नपाइने, परीक्षा भने भौतिक उपस्थितिमा लिन सकिने

काठमाडौं।कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा अझै १०दिन विद्यालय तथा कलेजहरुमा भौतिक उपस्थितिमा अध्ययन/अध्यापन गराउन नपाइने भएको छ।काठमाडौं उपत्यका तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशमा सो कुरा समेटिएको छ।गत वैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा सुरु भएसँगै भौतिक उपस्थितिमा अध्ययन/अध्यापन निषेध गरिएको हो।लिखित–प्रयोगात्मक परीक्षाहरु भने ठूलो हलमा २५ जनाभन्दा बढी मानिस जम्मा नहुने गरी लिन सकिने जनाइएको छ।

थप खुकुलो बनाएर साउन १० सम्म थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै खुकुलो पार्दै साउन १० गतेसम्मका लागि थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीवार बसेको बैठकले काठमाडौं उपत्यका प्रवेशलाई केही सहज बनाउने तर निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । अब आवश्यक काममा काठमाडौं प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई सहजीकरण गर्ने निर्णय भएको छ ।  यसअघि सम्बन्धित जिल्लाबाट सिफारिश लिएर वा अत्यावश्यक काममा मात्र काठमाडौं प्रवेश गर्न पाउने नियम थियो । फिल्म हल, पार्टी प्यालेस लगायतमा यसअघि...

काठमाडौं उपत्यका छिर्ने नाकामा यात्रुको बिचल्ली, लुकीछिपी आएका गाडीहरुको मनपरी

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले देशव्यापी निषेधाज्ञा खुकुलो बनाएसँगै काठमाडौं उपत्यका भित्रिने यात्रुको चाप बढ्दै गएको छ । उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै जाँदा बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने विद्यार्थी, व्यवसायी र सर्वसारधणको संख्या बढ्दै गएको दृश्य थानकोट नाकामा देख्न सकिन्छ ।

तीन दिनमा करीब ५ लाखले छाडे काठमाडौं

काठमाडौं । बिहीवारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने घोषणापछि काठमाडौं छाड्नेको संख्या बढेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि सोमवार बसेको उपत्यकाका तीनओटै जिल्लाका प्रमुखको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेपछि सोही दिनदेखि आआफ्नो गन्तव्यतर्फ जाने यात्रुको भीड बढेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी श्यामकृष्ण अधिकारीका अनुसार सोमवारदेखि बुधवार साँझ ६ बजेसम्ममा १ लाख ४७ हजार ७५ जना टिकट काटेर बाहिरिएका छन् । टिकट नकाटेर जानेको संख्या बढी रहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले करीब ५ लाखले उपत्यका छाडेको अनुमान गरेको छ ।  बुधवार साँझसम्म उपत्यकाका नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, बालाजु लगायत क्षेत्र तथा नाकाहरूमा बस पर्खिनेको भीड थियो । गतवर्ष जस्तै बन्दाबन्दी लम्बिने त्रासले विद्यार्थी, कर्मचारी, श्रमिक, मजदूरले हतारहतार काठमाडौं उपत्यका छाडेका हुन् । महासंघले अलपत्र यात्रुलाई घर पु¥याउन अझै केही दिन सर्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ । काठमाडौंसहित कोरोना प्रभावित जिल्लामा स्थानीय निकायले निषेधाज्ञा लगाउन थालेपछि घर फर्किनेको संख्या ह्वात्तै बढेको छ । यस्तोमा उनीहरूलाई सहज ढंगले गन्तव्यमा पुर्‍याउन केही समय सवारीसाधन चल्न दिनुपर्ने माग महासंघले गरेको हो । उपत्यका छाडेर घर जान चाहने अधिकांश यात्रुले गाडी पाउन नसकेको महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘काठमाडौं छाड्न केही समय मात्र दिँदा ठूलो संख्यामा यात्रु निस्किए,’ उनले भने, ‘तर बस अभाव हुँदा धेरै यात्रु बाटोमै अलपत्र परेका छन् ।’ कोभिड संक्रमण फैलिएपछि सरकारले यसअघि २०७६ चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी गरेको थियो । त्यतिबेला सरकारले मजदूर/श्रमिकलाई उचित राहतको व्यवस्था नगर्दा र सार्वजनिक यातायातको व्यवस्था पनि नगरिदिँदा उनीहरू टाढा टाढाबाट भोकभोकै हिँडेर गाउँ फर्किन बाध्य भएका थिए । ‘सर्वसाधारण यात्रु, मजदूर/श्रमिकहरू बाटोमै अलपत्र पर्ने जोखिम बढेको छ,’ सिटौलाले भने, ‘दुई चार दिन थपेर उनीहरूलाई सहज रूपमा घर पुर्‍याउने वातावरण मिलाउन सकिन्थ्यो ।’ यातायात सञ्चालनमा सहजीकरण गरिदिन आफूहरूले गृह मन्त्रालय र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पनि अनुरोध गरेको उनले बताए । महासंघले बुधवार विज्ञप्ति निकाल्दै सरकारले विभेदकारी नीति ल्याएको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर सडक यातायात पनि सञ्चालन गर्न दिनुपर्ने माग राखेको छ । सरकारले हवाई उडान खुलै राखेर सडक यातायात मात्र बन्द गर्ने निर्णय गरेको छ । हवाई यातायात सञ्चालन गर्न दिने भए स्वास्थ्य मापदण्ड अपनाएर सडक यातायात पनि सञ्चालन गर्न दिनुपर्ने माग महासंघले गरेको हो ।

दिनभर गाडी पर्खाइमा काठमाडौं उपत्यका छाड्नेहरु [तस्बिरहरु]

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणा भएदेखि नै सर्वसाधारणहरु गाउँघर फर्कने क्रम तीव्र बनेको छ । सोमबार, मंगलबार, बुधबार काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्कमा घर जानेहरुको लाइन झिसमिसेदेखि नै लागेको थियो । एक्कासी जिल्लाहरुमा फर्कने यात्रुको संख्या बढेपछि सवारी साधनले पनि ओसारी नसक्नु देखिन्थे । बुधबार घर हिँडेकाहरु बिहान, दिउँसोसम्ममा हजारौं गए पनि कतिपय नागरिक त बेलुकीसम्मै गाडीको पर्खाइमा बसपार्कमा घुइँचो थियो ।