कोरोना भर्सेस रोग प्रतिरोधी क्षमता

- कोरोना भाइरसविरुद्धको खोप र औषधि उपलब्ध नहुँदासम्म यसबाट बच्न शरीरको रोग प्रतिरोधी क्षमता बढाउनु एक मात्र

सम्बन्धित सामग्री

जान्नुहोस्, कस्ता छन् हाँस्नुका फाइदा?

तपाईंको हाँसोले सकारात्मक व्यक्तित्वलाई दर्शाउँछ। हास्नु तथा मुस्कुराउनुले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ।

यी तरकारीले ओमिक्रोनसँग लड्नमा मद्दत गर्नसक्ने, प्रतिरोधी क्षमता बलियो हुने

कोभिड–१९ को विभिन्न भेरियन्टबाट जोगिनका लागि विशेषज्ञले महामारीको सुरुवातदेखि नै रोग प्रतिरोधी क्षमता अर्थात् इम्युनिटी बलियो गराउन सल्लाह दिइरहेका छन् । प्रतिरोधी क्षमता बढाउनका लागि मानिसहरु विभिन्न प्रकारका उपाय गर्छन् । जस्तै, प्रतिरोधी क्षमता बढाउने काढा पिउँछन्, सुपरफुडको सेवन गर्छन् वा सप्लिमेन्ट लिन्छन् । तर हामीले दैनिक सेवन गर्ने केही हरिया सागसब्जीले पनि प्रतिरोधी क्षमता बढाउन सक्छ । हरियो पत्तेदार सागसब्जी धेरैलाई मन नपर्न पनि सक्छ तर यसले नेचुरल इम्युनिटी बुस्टरको क

चनाले बढाउँछ रोग प्रतिरोधी क्षमता

प्राय नेपालीको भान्सामा पाकिरहेको तरकारी हो, चना । चनाको तरकारी, रस, भुटेर, अन्य तरकारीमा पकाएर खान सकिन्छ । चना कमजोरी हटाउन, ताकत र ऊर्जाकालागि निकै फाइदाजनक मानिन्छ । किशोरावस्था र युवावस्थामा रहेकाले नियमित रुपमा भिजाएको चना खादा यसले प्रजनन क्षमता विकास गर्नुका साथै शरीरमा ताकत आउँछ । कसरी गर्ने ? क) चना मात्र – राती […]

अमेरिकामा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई तेस्रो डोज खोप लगाउन अनुमति

काठमाडौँ । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई कोरोनाविरुद्ध फाइजर(बयोएनटेक र मोडर्नाले उत्पादन गरेका खोपको तेस्रो डोज लगाउन अनुमति दिएको छ । एफडीएको यो घोषणासँगै अब चिकित्सकहरूले दुई डोज खोप लगाएर पनि कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकास नभएका बिरामीलाई तेस्रो डोज लगाउनका लागि सिफारिस गर्न सक्नेछन् । हालसम्म पनि दुवै […]

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिदै

पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ।

योग किन गर्नुपर्छ ? – शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाईदै आइएको छ । नेपालमा विसं २०३६ माघ

अन्तरराष्ट्रिय योग दिवस : शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग लाभदायी

असार ७, काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तरराष्ट्रिय योग दिवस सोमवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।  संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।  सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । राष्ट्रसंघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।  नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो ।  आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।  माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।  योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर संक्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।  आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास शुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । यसको अभ्यासले मनका कारण शरीरमा लाग्ने रोगबाट बच्न सकिन्छ ।  इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ । योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लागेका स्नातकोत्तर योग विज्ञान एसोसिएसन नेपालका अध्यक्ष क्षितिज बाराकोटीको विश्वास छ । नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महीनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेल बताउँछन् । यही शैक्षिक सत्रदेखि पढाइ शुरु गर्न खोजिएकामा कोरोनाका कारण सम्भव नभएको उनले बताए । स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् । विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि पढाइ शुरु हुन सकेको छैन । मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण धेरै कार्यक्रम जुम प्रविधिबाट नै आयोजना गरिने जनाइएको छ । महामारीका बेला नियमितरूपमा योग गरेमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने र कोरोनाले आक्रमण नगर्ने योग अभियानकर्मीको भनाइ छ । रासस

खुसी हुँदाको अवस्थामा शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ ?

कुनैपनि कुराबाट हामीलाई त्यहीबेला बढी सन्तुष्ट मिल्छ, जब हाम्रो शरीर ठिकठाक छ । जब शरीर नै ठिक छैन भने जतिसुकै मिठो खानेकुरा पनि रुच्दैन, जतिसुकै राम्रो ठाउँमा पनि मन बहलाउँदैन । यसको अर्थ के भने, हामीले यावत् सुख–सयल भोग गर्नका लागि शरीर स्वस्थ्य हुनुपर्छ । शरीर कसरी स्वस्थ्य हुन्छ ? यसका लागि हामीसँग रोगप्रतिरोधात्मक क्षमता […]

यसरी बढाऔँ रोग प्रतिरोधी क्षमता

डा. प्रभाकर शाह जनरल सर्जन कान्तिपुर अस्पताल शरीर स्वस्थ रहनका लागि रोग प्रतिरोधी क्षमता आवश्यक हुन्छ, जसले