कोभिड–१९ को विभिन्न भेरियन्टबाट जोगिनका लागि विशेषज्ञले महामारीको सुरुवातदेखि नै रोग प्रतिरोधी क्षमता अर्थात् इम्युनिटी बलियो गराउन सल्लाह दिइरहेका छन् । प्रतिरोधी क्षमता बढाउनका लागि मानिसहरु विभिन्न प्रकारका उपाय गर्छन् । जस्तै, प्रतिरोधी क्षमता बढाउने काढा पिउँछन्, सुपरफुडको सेवन गर्छन् वा सप्लिमेन्ट लिन्छन् । तर हामीले दैनिक सेवन गर्ने केही हरिया सागसब्जीले पनि प्रतिरोधी क्षमता बढाउन सक्छ । हरियो पत्तेदार सागसब्जी धेरैलाई मन नपर्न पनि सक्छ तर यसले नेचुरल इम्युनिटी बुस्टरको क