काठमाडौँ, २६ असार: पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोप्ने अभियानअन्तर्गत वनकाली क्षेत्रको उद्यानमा १०० गुर्जोका बिरुवा रोपिएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोको प्रवद्र्धनमा लागेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटका नेतृत्वमा शुक्रबार गुर्जोका बिरुवा रोपिएको हो । कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल, पूर्वसहसचिव एवं योग […]
पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान सुरुवात भएको छ । अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो ।