एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलिक दिनको पाहुनामात्र भएको बताएका छन् । सोमबार युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले षडयन्त्रबाट जन्मिएको सरकारलाई सकेसम्म छिटो विदा गर्नुपर्ने पनि बताए ।‘यो सरकार सास्वत होइन, अलिक दिनको पाहुना हो , षडयन्त्रबाट जन्मिएको पाहुना । यसलाई सकेसम्म छिटो विदा गर्नुपर्छ’, ओलीले भने, ‘छिटो विदा गर्न सकिएन भने पनि ७९ सालसम्मको मंसिरमा चुनाव गर्नेपर्छ । भर्याङमुनिको सरकार । १५ महिनापछि यो सरकार खोजेर पनि कसैले भेट्नेवाला&