नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नराम्रा कामहरुको थुप्रो भएको टिप्पणी गरेका छन् । देशको साँचो लिएर लुट्ने काममा सरकार र सरकारका मन्त्रीहरु लागेको भन्दै अध्यक्ष ओलीले यो सरकार स्वीकार्य हुननसक्ने बताए । शुक्रबार छवि कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको साँचो लिएर लुट्ने सरकारको काम नभएको भन्दै अविलम्ब हट्नुपर्ने बताए । ‘अव यो सरकार स्वीकार्य हुनैसक्दैन । चुनावमा गयो धाँधली गर्छ, मान्छे मार्छ, भोट हाल्न आएका जनतालाई कुट्छ, मतपेटिका