अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । कामदार भिसा एचवान बीका लागि नियमित ६५ हजारको कोटा र अमेरिकामा स्नातकोत्तर गरेकाहरुमध्येबाट २० हजारको कोटाका लागि प्रयाप्त आवेदनहरु प्राप्त भएको हो । आगामी केही दिनहरूमा युएससीआईएसले अनलाइनमा दर्ता गरेका बाँकी आवेदकहरुलाई छनौट नभएको सुचनाहरु पठाउने भएको छ । यस्ता […]

सम्बन्धित सामग्री

अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त, अर्को लोटरी मार्चमा

युएससीआईएसले आर्थिक बर्ष २०२५ का लागि ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त गरेको घोषणा गरेको छ । आर्थिक बर्ष २०२६ का लागि कामदार भिसाको लोटरी आगामी मार्चमा खोलिने छ । संसदद्वारा तोकिएको ८५ हजारको सीमा पुरा गर्न पर्याप्त आवेदनहरू प्राप्त गरेको युएससीआईएसले जनाएको छ। यसमा ६५,००० भिसाको नियमित सीमा र अमेरिकी डिग्री […]

अमेरिकाको ८५ हजार कामदार भिसाको लोटरीमा साढे ७ लाख आवेदन, १ लाख १० हजार छनौट

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीमा ७ लाख ५८ हजार ९ सय ९४ आवेदन प्राप्त भएको युएससीआईएसले जनाएको छ । त्यसपछि १ लाख १० हजार ७ सय ९१ आवेदनहरु थप प्रकृयाका लागि छनौट गरिएको छ । गतबर्षको तुलनामा यो बर्ष लोटरीमा अनलाइन दर्ता गर्नेहरुको संख्यामा ६० प्रतिशत बृद्धि भएको छ । कुल आवेदनमध्ये १४ […]

अमेरिकामा ८५ हजार कामदार भिसा एच वान बीका लागि भोलिदेखि आवेदन

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता अवधि मार्च १७ सम्म प्राप्त आवेदनहरुमध्येबाट लोटरी प्रणालीबाट छानिएकाहरुले भिसा प्रकृयाका लागि अप्रिल १ बाट आवेदन दिन सक्नेछन् । मार्च १ देखि १७ सम्मको अवधिमा प्रयाप्त आवेदनहरु प्राप्त भएको र लोटरी प्रणालीबाट छनौट गरेर छानिएका आवेदनहरुलाई सुचित गरिएको युएससीआईएसले जनाएको छ । लोटरीका लागि आवेदन दिएकाहरुले आफ्नो […]

आयो अमेरिकामा ८५ हजार कामदार भिसाको नतिजा, भिसा प्रकृया अप्रिल १ बाट

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता अवधि मार्च १७ रसम्म प्राप्त आवेदनहरुमध्येबाट लोटरी प्रणालीबाट नतिजा निकालिएको छ । मार्च १ देखि १७ सम्मको अवधिमा प्रयाप्त आवेदनहरु प्राप्त भएको र लोटरी प्रणालीबाट छनौट गरेर छानिएका आवेदनहरुलाई सुचित गरिएको युएससीआईएसले जनाएको छ । अब लोटरीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनमा ४ प्रकारका स्टाटस देख्न सक्नेछन् […]

आइतवारसम्म सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ करीब ८ लाखले भरे

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ फागुन २८ गतेसम्म ७ लाख ८२ हजार २२९ जनाले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार फागुन २८ गते साँझ ५ बजेसम्म यी आवेदकहरूबाट ९३ लाख १७ हजार ६७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव १९ गुणा बढी आवेदन हुन आउँछ ।  कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा ३३ लाख ३२ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा गएका नेपालीमा ४ लाख ९९ हजार ८७५ कित्ता, सामूहिक लगानी कोषमा २ लाख ४९ हजार ९३७ कित्ता र कर्मचारीहरूमा १६ लाख ६६ हजार २५० कित्ता शेयर बाँडफाँट गरिसकिएको छ ।  मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ फागुन ३० गतेसम्म मात्र विक्रीमा रहनेछ । न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रतिमेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजनाबाट २०८० साल भदौ २६ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ । कम्पनीमा हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ३३ करोड २७ लाख ५० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोड २५ लाख कायम हुनेछ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीमा सर्वसाधारणतर्फ स्थानीयमा १० प्रतिशत, कर्मचारीमा ५ प्रतिशत र वैदेशिक रोजगारीमा रहेको नेपाली कामदार तथा सामूहिक लगानी कोषसहित सर्वसाधारणमा १५ प्रतिशत शेयर कायम हुनेछ ।

आगामी आर्थिक बर्षका लागि कामदार भिसा एचवान बीका लागि आवेदन प्रयाप्त

युएससीआईएसले आगामी आर्थिक बर्ष २०२३ का लागि कामदार भिसा एचवान बीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको जनाएको छ । संसदले नियमित तर्फ ६५ हजार र अमेरिकी उच्च डिग्रीतर्फ २० हजार कामदार भिसाको कोटा तोकेकोमा उक्त कोटाका लागि प्रयाप्त आवेदन आएको युएससीआईएसले जनाएको छ । लोटरीमा छनौटमा नपरेकाहरुका लागि अनलाइनमार्फत सुचित गर्ने काम पनि पूरा भइसकेको […]

अमेरिकामा मार्च १ बाट ८५ हजार विदेशी कामदारका लागि खुल्ने कामदार भिसाका योग्यता

अमेरिकामा ८५ हजार विदेशी कामदारका लागि मार्च १ बाट अनलाइन दर्ता खुल्ने भिसा एचवानबीको लागि विभिन्न योग्यताका मापदण्डहरु पूरा गर्नुपर्छ । मार्च १८ सम्म प्रयाप्त आवेदनहरु प्राप्त भएको खण्डमा अनलाइन एकाउन्टमार्फत मार्च ३१ सम्म आवेदन छनौट भए नभएकोबारे जानकारी दिने युएससीआईएसको लक्ष्य रहेको छ । लोटरी प्रणालीबाट आवेदनहरुको प्रारम्भिक छनौट गरिन्छ । अमेरिका आउन चाहने […]

कोभिड–१९ ले युवा रोजगारीमा पारेको असर र समाधान

अनिलकिशोर घिमिरे ।। आ.व. २०७६/७७ को फागुनसम्म वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको सङ्ख्या ५० लाख ४१ हजार रहेको छ । त्यसमध्ये ४७ लाख ९२ हजार कामदार भारतबाहेकका देशमा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा गएकामध्ये १.५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४.५१ प्रतिशत अदक्ष कामदार रहेका छन् । नेपालको १६ देखि ४० वर्षसम्मको उमेर समूहलाई युवा मान्दा १ करोड ११ लाख युवा जनसङ्ख्या छ भने यही उमेर समूहका युवाहरू नै वैदेशिक रोजगारीमा जाने गरेका छन् । अर्कातिर, नेपालमै लोकसेवा, शिक्षक सेवा, कोरियन भाषा परीक्षा, अन्य प्रतिष्ठान र बैङ्कहरूमा थोरै सङ्ख्यामा खुल्ने रोजगारीको अवसर प्राप्त गर्न तँछाडमछाड गर्दै आवेदन दिने युवाहरूको भिड हेर्दा मुलुकमा शैक्षिक बेरोजगारीको भयावह तस्बिर देखिन्छ । नेपालको सरकारले आन्तरिक रोजगारी बढाउने भनेर लागेको ६५ वर्ष पुगिसक्यो । तर बेरोजगारीको समस्या बढ्दै गइरहेको छ । राज्य यस विषयमा झन् उदासिन बन्दै गइरहेको देखिन्छ । नेपाली युवाहरूको उर्वर समय कि विदेशीको सेवा वा दास बन्नमा खर्च भइरहेको छ वा देशभित्र बेबारिसे अवस्थामा रहनुपरेको छ, बरु नेपालका ठुला उद्योगधन्दा र निर्माण क्षेत्रमा ठुलो सङ्ख्यामा भारत र बङ्गलादेशबाट मजदुरहनेपाल आएर काम गरिरहेका छन् र ठुलो रकम विदेशिएको छ । वर्षमा करिब ५ लाख युवायुवती श्रमबजारमा आउने अनुमान छ । तर बेरोजगारीको आधिकारिक सङ्ख्या योजना आयोग र अर्थ मन्त्रालयसँग कतै भेटिँदैन । विदेश जाने श्रमिकको तथ्याङ्कसमेत राज्यले यकिन गर्न सकेको छैन । २०५०÷५१ तिर करिब चार हजार जना मात्र नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी रेकर्ड छ भने अहिले ५० लाखभन्दा बढी गइसकेका छन् । वैदेशिक रोजगारीको क्रममा नेपाली युवाले आफूलाई सुरक्षित, सम्मानित र व्यवस्थित भएको महसुस गर्न सकिरहेका छैनन् । विभिन्न देशले आप्रवासी श्रमिकलाई आफ्ना देशका नागरिकसरह समान हैसियत र अधिकार प्रदान गर्ने भनेता पनि अहिले उनीहरू गन्तव्य देशमा दोस्रो दर्जाका नागरिकको रूपमा पसिना बगाउन बाध्य छन् । आप्रवासी श्रमिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र आप्रवासी श्रमिकको सेवासुविधाको बारेमा अन्तर्राष्ट्रिय मापदण्ड बनाइएको भए ...

नेपालमा सबैभन्दा बढी चिनियाँ कामदार

रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपालमा आउने विदेशीको संख्या पनि बढ्दो क्रममा छ । नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने गैरनेपाली नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको पाइएको छ । यो संख्या विगत ४ वर्षमा दोब्बरले बढेको छ । आर्थिक वर्ष २०६९÷७० मा ९ सय १० जनाले श्रम स्वीकृति लिएकोमा गत वर्षसम्म १ हजार ९ सय ७२ पुगेको छ । गत आर्थिक वर्षमा नेपालका उत्पादन, सेवा र निर्माण क्षेत्रमा काम गर्ने उद्देश्यले नेपाल आई श्रम स्वीकृति लिने विदेशीको संख्या २ हजार रहेको श्रम विभागले जनाएको छ । तर, यो संख्या श्रम स्वीकृति लिनेकोमात्र भएको श्रम विभाग गैरनेपाली व्यवस्थापन शाखाका प्रमुख नवीन पोखरेलले बताए । “कुटनीतिक क्षेत्रबाहिर नेपालमा ५ महिनाभन्दा बढी बस्ने विदेशीले अनिवार्य रूपमा श्रम स्वीकृति लिएरमात्र काम गर्न पाउने नियम छ,” प्रमुख पोखरेलले कारोबारसँग भने, “श्रम स्वीकृति नलिइ काम गर्ने गैरनेपाली नागरिक अझ धेरै हुन सक्ने भएकाले अनुगमनको काम छिट्टै गर्ने योजना रहेको छ ।” गत आवमा श्रम विभागबाट १ हजार ४ सय ७२ जना विदेशीले श्रम स्वीकृति लिएकोमा यो वर्ष १ हजार ९ सय ७२ पुगेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी चिनियाँ नागरिक रोजगारीका नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । गत आवमामात्र १ हजार ५ सय ८४ चिनियाँ नागरिक रोजगारीका लागि नेपाल आएको देखिन्छ । विभागका अनुसार यसरी काम खोज्दै आउनेमा दोस्रोमा बेलायती र तेस्रोमा भारतीय रहेका छन् । चालू आवमा बेलायतका ५२ र भारतका ३८ जनाले मात्र विभागबाट कामका लागि स्वीकृति लिएको देखिन्छ । चालू आर्थिक वर्षमा निर्माण क्षेत्रमा १ हजार ४ सय ९४, सेवामूलक क्षेत्रमा ४ सय ६ र उत्पादनमूलक क्षेत्रमा ७३ विदेशी कार्यरत रहेको विभागको तथ्यांकमा उल्लेख छ । विदेशी धेरै काम गर्ने संस्थामा निजी, एनजीओ, आईएनजीओ र सरकारी संस्था धेरै रहेको देखिन्छ । यसमध्ये पनि निजी क्षेत्रमा काम गर्ने विदेशीको संख्या धेरै छ । गत वर्षमात्र निजी क्षेत्रमा काम गर्ने गरी १ हजार ३ सय ७५ विदेशीले विभागबाट श्रम स्वीकृति लिई रोजगार भिसाको लागि अध्यागमन विभागबाट भिसा लिएको प्रमुख पोखरेलले जानकारी दिए । “श्रम स्वीकृति लिएपछि मात्र विदेशीले रोजगार भिसा प्राप्त पर्ने गरेका कारण राम्रा कम्पनीमा काम गर्ने कन्ट्री डाइरेक्टरलेसम्म श्रम स्वीकृति लिएको देखिन्छ,” उनले भने, “श्रम स्वीकृति गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा कार्यन्वयन गर्न विभागले थप प्रकारी योजना सार्वजानिक गर्ने योजना बनाएको छ ।” यसरी नै एनजीओबाट विगत ३ वर्षमा क्रमश्ः १०९, १०९ र १६५ जनाले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका थिए । नेपालको सरकारी क्षेत्रमा काम गर्नका लागि विगत ५ वर्षमा मात्र ९ सय ९४ जनाले श्रम स्वीकृति लिएका थिए । गत वर्ष भने नेपालको सरकारी क्षेत्रमा काम गर्न सबैभन्दा बढी ४ सय ३२ जनाले विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । नेपालका काम गर्नकै लागि अमेरिका, आयरल्यान्ड, जर्मनी, क्यानडा अस्ट्रेलिया, जापानलगायतका ५५ भन्दा बढी देशका नागरिकले श्रम स्वीकृति लिएको देखिन्छ । यसमध्ये पनि महिलाको संख्या १ सय ५९ र पुरुषको संख्या १ हजार ६५ रहेको देखिन्छ । आर्थिक वर्ष २०६९÷७० देखि २०७३÷७४ सम्म क्रमशः ९ सय ८४, ७ सय १९, २ हजार २३, १ हजार ४ सय ७२ र १ हजार ९ सय ७२ जनाले श्रम स्वीकृति लिएकोमा गत आवमा मात्र ६४८ जनाले नवीकरण गरेर पुनः श्रम स्वीकृति पाएको देखिन्छ ।