गुल्मीमा भण्डारीको जित निश्चित, घोषणा हुन बाँकी

गुल्मी : गुल्मीमा चन्द्र भण्डारीको जित सुनिश्चत भएको छ।रेसुंगा नगरपालिकाको २ वटा वडा मतगणना हुन बाँकी रहँदा १,१७७ मतले अगाडि भएपछि उनको जित सुनिश्चित भएको हो। उनले ३२,५७३ मत ल्याउँदा नेकपा एमालेका प्रदीप ज्ञवालीले ३१,३९६ मत प्राप्त गरेका छन्। गन्न बाँकी २ वटा वडा काँग्रेसको पकड भएका वडा हुन्।  

सम्बन्धित सामग्री

ज्ञवालीलाई पराजित गर्दै गल्मी १ मा भण्डारी विजयी

काठमाडौं, ९ मंसिर । गुल्मी–१ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पछि पार्दै निर्वाचित भएका हुन् । मतगणना नसकिदै भण्डारीले लिएको अग्रताले उनको जित निश्चित भएको हो । निर्वाचनको औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ । यसअघि भण्डारी ०७० सालमा सो क्षेत्रमा […]

बालेन मेयर घोषणा हुन मात्र बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ७०० मत मात्र गन्न बाँकी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)को ६१ हजार ३९० मतसहित जित निश्चित भइसकेको छ । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत पाएकी छन् । नेकपा...

परिणाम घोषणा नहुँदै बुटवलमा विजय उत्सव सुरु, तस्बिरहरु

बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा जीत सुनिश्चित भएसँगै काँग्रेस र एमालेले विजयी जुलुस निकाल्न सुरु गरेका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको हो । मतगणना अन्तिम चरणमा आइपुग्दा दुवैको अग्रता गन्न बाँकी रहेको मतभन्दा बढी भएपछि विजय उत्सव सुरु भएको हो । यसको औपचारिक घोषणा हुन भने बाँकी छ  । पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा अगाडि रहेका छन् भने उपमेयरमा  नेकपा एमालेकी सावित

मतगणना नसकिँदै बार अध्यक्षमा घिमिरेको जित निश्चित, औपचारिक घोषणा हुन बाँकी

कानुन व्यवसायीहरुको सर्वोच्च संस्था नेपाल बार एसोसियसनको २६औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहँदै गठबन्धनका तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको जित निश्चित भएको छ। करिव १५ सय मतगणना...

राप्रपा अध्यक्षमा लिङदेनको विजय निश्चित, ५० भोट गन्न बाँकी छँदा २०० को अग्रता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उनको जित निश्चित भएको हो । पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै गणना गर्न बाँकी रहेको अवस्थामा लिङदेनले करिब २०० मतको अग्रता लिएका छन् । केहीबेरमै मतगणना सकेर औपचारिक घोषणा गर्ने तयारी निर्वाचन […]