डडेलधुरामा करुवा : देउवालाई अत्याउन सफल, जित्न असफल

३ जेठ, डडेलधुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा एक दशक पार्टीको नेतृत्व गरेका कांग्रेस नेता कर्ण मल्लले स्थानीय चुनावअघि विद्रोह गरे । उनले नेपाली कांग्रेस बीपीको नामबाट नेकपा एमालेसँग चुनावी तालमेल गरे । २०७४ मा देउवाले मल्ल पक्षका एक जनालाई पनि टिकट नदिएको उनीहरुले बिर्सिका थिएनन् । त्यसैले यो चुनावमा धेरै अघिदेखि […]

सम्बन्धित सामग्री

अध्यक्ष ओलीलाई ६ किलोको करुवा उपहार

भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिएकी छिन्।...

देउवाको वडामा काँग्रेस भन्दा करुवा ५ मतले अगाडि

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बिपी)ले नेपाली काँग्रेसलाई पछाडि पारेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बिपीले ५ मतले अग्रता लिएको हो ।६०० मत गणना हुँदा काँग्रेस वीपीले २५१, काँग्रेस २४६ र नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएका छन् । काँग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बिपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा करुवा र नेकपा एमालबीच चुनावी तालमेल समेत रहेको छ ।

चैनपुरे करुवा पाउन मुस्किल

काठमाडाैंबाट खाँदबारी घुम्न आएकी कमला गुरुङले घरमा सजाउने उद्देश्यले करुवा किन्न चैनपुर पुगे पनि खोजेजस्तो पाउन सकिनन् । खाँदबारीबाट ४५ किमिको दूरीमा गाडी रिजर्भ गरेर चैनपुर पुगेकी गुरुङले भनेजस्तो करुवा नपाएपछि...

करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै

नेपालको विदेश निर्यातको एउटा महत्वपूर्ण हस्तकलाको सामग्रीमा पर्छ करुवा र यसमा पनि पाल्पा यसमा अरु चर्चित छ । पाल्पाको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् । सीप र पुँजीको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेका पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएका हुन् । पाल्पाली करुवा उद्योगको सीप …

करुवा उत्पादनमा पाल्पाका युवा पुस्ता आकर्षित हुँदै

असोज ३१, पाल्पा । पाल्पालीको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् ।             सीप र पूँजीको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेका पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएका हुन् । पाल्पाली करुवा उद्योगको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन थालेपछि यसको उत्पादनमा समेत वृद्धि हुन थालेको छ ।             करुवा बनाउने आवश्यक तालिम र यसको उद्योग सञ्चालनका लागि बीउ पूँजीलगायत सहयोग पाएपछि यहाँका युवा करुवा उत्पादनमा लागिपरेका छन् । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) द्वारा सञ्चालित तालिम पाएपछि चार जना युवा मिलेर करुवा उद्योग स्थापना गरेका छन् ।             तानसेनका नगरप्रमुख अशोककुमार शाहीले पाल्पाको पहिचान बोकेको करुवा लोप हुनबाट जोगाउन सीप, बीउ पूँजीलगायतको सहयोग गरिएको बताए । तानसेन नगरपालिकाले बेरोजगार युवालाई छनोट गरी तालिम, बीउ पूँजीलगायतका कार्यक्रमपछि युवा पुस्ता अहिले करुवाको उत्पादनमा सक्रिय भएका छन् । आवश्यक पूँजीको अभावमा करुवा व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थामा नगरपालिकाले यो व्यवसाय गर्न चाहने युवालाई बैंकबाट सहुलियत दरमा ऋण प्रदान गरी साना उद्योग स्थापनामा सहजीकरण गरिएको नगरप्रमुख शाहीको भनाइ छ ।             बगनासकाली गाउँपालिका– ६ यम्घाका खिमबहादुर विश्वकर्मासहित चार जनाले तानसेन नगरपालिका– १ गैरागाउँमा करुवा उत्पादन गर्ने उद्योग स्थापना गरेका छन् । अहिले ती युवाद्वारा स्थापित उद्योगबाट काँचका करुवा, थाल, गिलासलगायतका वस्तु प्रशस्त उत्पादन हुँदै आएको उनले बताए । तानसेनका पुराना करुवा व्यवसायी केशवमान बज्रचार्यले पाल्पाको पहिचान बोकेको करुवा चिनो रूपमा लैजाने चलन रहेको बताए ।  सीप, प्रोत्साहन तथा कच्चापदार्थको अभावमा पाल्पाली करुवा उद्योग संकटमा परेको थियो ।             तानसेनको टक्सार टोलमा पहिला २५ भन्दा बढी करुवा उद्योग सञ्चालनमा रहेपनि पछिल्ला वर्षमा तीन ओटामा सीमित भएको थियो । उद्योग कम हुँदा माग अनुसार करुवाको आपूर्ति हुन सकेको थिएन । करुवा बनाउने सीप सिक्न र उद्योग सञ्चालन गर्न इच्छुक व्यक्तिलाई छनोट गरी तीन महिनाको करुवा बनाउने तालिम दिएको थियो । तालिमपछि कोही व्यक्तिगत र कोही सामूहिक रुपमा करुवा उत्पादन गरिरहेका छन् ।  पाल्पाको तानसेनमा नेवार, विश्वकर्मा जातिमा मात्र करुवा उत्पादन गर्ने सीप छ । करुवा उत्पादन गर्ने सीपलाई अन्य जाति तथा समुदायमा हस्तान्तरण हुन सकेको छैन । सामाजिक र साँस्कृतिक समस्या कारण अन्य जातिमा यो सीप पुस्तान्तरण हुनसकेको छैन । पाल्पाली करुवाको आठ दशकदेखिकै इतिहास छ ।    उद्योगी उत्तमकुमार बज्राचार्यका अनुसार करुवा उत्पादनका लागि आवश्यक पर्ने कच्चा धातुको अभाव छ । काम गर्ने कामदार पाइँदैनन् । पाल्पाली ब्रान्डेड करुवामा कोइला, काँच, तामा र मैनको आवश्यकता पर्छ । तर, कच्चा सामग्री नै जिल्लामा पाइँदैन । कोइला वनमा पोल्न समस्या छ । भारतबाट समेत कच्चा पदार्थ आउन नसक्दा करुवा उद्योग सङ्कटमा परेको गुनासो उद्योगीको छ ।            २५० वर्षअघि भक्तपुरबाट बसाइँ सरेर तानसेनको टक्सारटोलमा आई धातुका मुद्रा बनाउन शुरु गरिएको इतिहास पाइन्छ । पछि गएर करुवा र अन्य सामान तयार हुँदै आएका छन् । यहाँ उत्पादित करुवा जापान, अमेरिका, बेलायत, थाइल्यान्डलगायतका देशमा पुग्छन् । बाह्य पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकलाई पनि करुवा निर्माणले आकर्षण थपेको छ । जोकोही एकपटक पाल्पाली करुवा उत्पादन गर्ने उद्योगमा पुग्ने गर्छन् । यहाँका शाक्य, वज्राचार्यहरू करुवा उत्पादन गर्छन् । पछिल्लो समय ३ हजार ५०० देखि १० लाख ५० हजार मूल्य पर्ने करुवा पाल्पामा बनिरहेका छन् । युवा पुस्तालाई करुवा उद्योगमा टिकाइ राख्न सकेमा यो उद्योगको संरक्षणमा टेवा पुग्ने विश्वास स्थानीय व्यवसायीको छ ।  रासस

संकटमा ‘भोजपुरे करुवा’, लोप हुँदै भोजपुरे शिल्पकला

१४ असोज, काठमाडौं । कुनैबेला भोजपुरे करुवा भनेर कहलिएको बुट्टादार करुवा अहिले संकटमा पर्दै गएको छ । यस्तो करुवा बनाउने पेसालाई निरन्तरता दिने युवापुस्ता नहुँदा उनीहरुको शिल्पकला पनि लोप हुने अवस्थामा पुगेको छ । सानोतिनो मेहनतले बन्दैन बट्टेदार करुवा । यसका लागि चाहिन्छ- तागत, मेहनत, लगन, सिर्जनात्मकता, धैर्य र जोखिम मोल्न सक्ने साहस पनि । […]

करुवा उद्योगमा नयाँ पुस्ता

पाल्पाली करुवा उद्योगको सीप अब नयाँ पुस्तामा हस्तान्तरण हुन थालेको छ । एक वर्षअघि पाल्पाली करुवा बनाउने सीप सिकेका १३ जनामध्ये चार जनाको समूहले नयाँ उद्योग खोलेपछि सीप हस्तान्तरणको प्रक्रिया सुरु भएको हो । तीनमहिने तालिमपछि अहिले पाल्पाली ब्रान्डेड करुवा उद्योग सुरु भएको छ । अहिले उनीहरू सामूहिक रूपमा करुवा बनाउन थालेका छन् । तानसेन नगरपालिका–१, गैरागाउँमा उद्योग खुलेको छ ।

कच्चापदार्थ अभावमा चैनपुरे करुवा संकटमा

संखुवासभा : नेपालकै प्रसिद्ध चैनपुरे करुवा संकटमा परेको  छ। संखुवासभाको चैनपुरमा उत्पादन हुने चैनपुरे करुवा बनाउने कच्चा पदार्थ पर्याप्त नहुँदा संकटमा परेको छ। करुवा बनाउने  मैन, कासाँ धातु, गोल स्थानीय स्तरमा उपलब्ध नहुँदा चैनपुरे करुवा ब्यवसायी  निराश भएका छन्। पहिले पहिले गाउँ घरम...

‘पाल्पाली करुवा’ उद्योग धराशायी

पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै गएका छन्। सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा करुवा उत्पादन हुँदै आए पनि पछिल्ला वर्षमा कच्चापदार्थ र दक्ष कामदारको अभावमा वर्षेनी करुवा उद्योग बन्द हुँदै गएका छन्।