कच्चापदार्थ अभावमा चैनपुरे करुवा संकटमा

संखुवासभा : नेपालकै प्रसिद्ध चैनपुरे करुवा संकटमा परेको  छ। संखुवासभाको चैनपुरमा उत्पादन हुने चैनपुरे करुवा बनाउने कच्चा पदार्थ पर्याप्त नहुँदा संकटमा परेको छ। करुवा बनाउने  मैन, कासाँ धातु, गोल स्थानीय स्तरमा उपलब्ध नहुँदा चैनपुरे करुवा ब्यवसायी  निराश भएका छन्। पहिले पहिले गाउँ घरम...

सम्बन्धित सामग्री

सङ्कटमा कलात्मक भोजपुरे करूवा

कच्चापदार्थ अभावमा भोजपुरे करुवा उद्योगहरू सङ्कटमा पर्न थालेका छन् । कोइला, काठलगायत वन पैदावर कमी हुन थालेपछि देश विदेशमा प्रख्यात भोजपुरे खुकुरीपछिको कलात्मक करुवाका उद्योग बन्द हुने क्रममा पुगेका हुन् । करुवाले प्रसिद्धी पाएको भोजपुर नगरपालिका–१२, टक्सार क्षेत्रमा कुनै बेला घरैपिच्छे कलात्मक धातुका सामान बनाइन्थे तर पछिल्लो समय कच्चापदार्थ नै पाउन छाडेपछि अधिकांश धातु उद्योग बन्द भएका छन् । गाह्रो, अप्ठ्यारो, फोहोरी काम भन्दै नयाँ पुस्ताले यो पेसा छाडिसकेका छन् तर पनि एक÷दुई घरधुरीले भने जसोतसो कच्चापदार्थ जुटाउँदै पेसा धानिरहेका छन् । कच्चापदार्थको चरम सङ्कटले ती घरधुरीले पनि पहिले जस्तो प्रशस्त करुवा, अम्खोरा जस्ता सामान उत्पादन गर्न सकेका छैनन् । वन ऐनले खुला रूपमा काठ, कोइला जस्ता वन पैदावरमा लगाएको कडाइले पनि कच्चापदार्थको सहज पहुँच नभएको उद्यमी बताउँछन् । वनले लगाएको प्रतिबन्धले कच्चापदार्थ नपाउँदा गाउँका सबैले पेसा छाडिसकेको २८ वर्षदेखि करुवा बनाउँदै आउनुभएका स्थानीय बुद्धराज शाक्यले वताउनुभयो । “एकातिर साल, सिसौँ, खयरका रुख पाउनै गाह्रो, अर्कोतिर वनले रोक लगाएपछि कच्चापदार्थ ठप्पै, व्यावसाय चलाउनै गाह्रो छ”, उहाँले भन्नुभयो, “कच्चापदार्थ अभावले नै बाँकी उद्योग पनि बन्द हुने अवस्थामा छन् । ” धातु उद्योगसम्बन्धी तालिम, प्रवद्र्धन गर्ने निकाय, सरकारी बजेट नहुनाले पनि पेसा सङ्कटमा परेको उद्यमीको गुनासो छ । साना तथा घरेलु उद्योग विकास समितिले पनि धातु उद्यमीका लागि कुनै तालिम, अनुदानमा पनि बेवास्ता गरेको अर्का धातु उद्यमी देव शाक्यले बताउनुभयो । पुख्र्यौली पुरानो पेसाप्रति ऊर्जा थप्न र जनशक्ति उत्पादन गर्न उद्यमीलगायत अन्य मानिसलाई पनि तालिम, प्रशिक्षण आवश्यकता औँल्याउनुभयो । घरेलु तथा साना उद्योग विकास समिति भोजपुरका निमित्त प्रमुख गुरुभक्त श्रेष्ठले भन्नुभयो, “नयाँ पुस्तामा यो पेसाप्रति कुनै चासो देखिँदैन, भएका धातु उद्यमी पनि परम्परागत रूपमै रुचाएका छन्, उनीहरूमा पनि नयाँ ढङ्गको इच्छा छैन । ”

​दक्ष कामदारको अभावमा करुवा उद्योग धराशायी

पाल्पा, माघ १६ – कच्चापदार्थ र दक्ष कामदारको अभावमा पाल्पाका करुवा उद्योग धराशायी बन्दै गएका छन् । तानसेनको टक्सारटोलका उद्योगमा कच्चापदार्थ र द...

‘पाल्पाली करुवा’ उद्योग धराशायी

पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै गएका छन्। सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा करुवा उत्पादन हुँदै आए पनि पछिल्ला वर्षमा कच्चापदार्थ र दक्ष कामदारको अभावमा वर्षेनी करुवा उद्योग बन्द हुँदै गएका छन्।