पाल्पाली करुवा उद्योगको सीप अब नयाँ पुस्तामा हस्तान्तरण हुन थालेको छ । एक वर्षअघि पाल्पाली करुवा बनाउने सीप सिकेका १३ जनामध्ये चार जनाको समूहले नयाँ उद्योग खोलेपछि सीप हस्तान्तरणको प्रक्रिया सुरु भएको हो । तीनमहिने तालिमपछि अहिले पाल्पाली ब्रान्डेड करुवा उद्योग सुरु भएको छ । अहिले उनीहरू सामूहिक रूपमा करुवा बनाउन थालेका छन् । तानसेन नगरपालिका–१, गैरागाउँमा उद्योग खुलेको छ ।