सुनछहरी गाउँपालिकाको आफ्नै भवन बन्दै

रोल्पा (अस) । रोल्पाको दुर्गम सुनछहरी गाउँपालिकाको आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । चालू आर्थिक वर्षमै निर्माण सम्पन्न हुनेगरी निर्माण भइरहेको भवनको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । गाउँपालिकाको वित्तीय समानीकरणबाट ४ करोड ५२ लाख र जिल्ला समन्वय समितिबाट ४६ करोड अनुदानमा अत्याधुनिक भवन निर्माणको जिम्मा ज्ञानज्योति बिल्डर्सले लिएको छ । केही समय अघिसम्म भाडाको घरमा र हाल साँघुरो भवनबाट सेवा सञ्चालन गरिरहेको सुनछहरी गाउँपालिकाले अब आफ्नै भवनबाट सहजरूपमा सेवा प्रवाह गर्ने भएको छ ।

सम्बन्धित सामग्री

गाउँपालिकाको भवन निर्माणको विषयमा विरोध

गोकुल भुजेल भोजपुर । भोजपुरमा अरुण गाउँपालिकाको भवन निमार्णको विषयलाई लिएर भएको विवाद चुलिएको छ । गाउँपालिकाको साविकको कार्यालय क्षेत्रभन्दा टाढा भवन निर्माण गर्ने निर्णय गरिएको भन्दै प्याउली बजारका स्थानीयले विरोध गरेका हुन् । भोजपुरमा गाउँपालिकाको भवन निमार्णको विषयलाई लिएर विवाद भएको छ । अरुण गाउँपालिकाको बहुमतले प्याउली बजार अर्थात साविकको कार्यालय क्षेत्रभन्दा करिब एक […]

बल्ल बन्ने भयो अरुण गाउँपालिकाको कार्यालय भवन

काठमाडौं, ८ माघ । भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक भवन बन्ने भएको छ । गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा तीन दिन अगाडि बसेको बैठकले गाउँपालिकाको प्रशासनिक कार्यालय भवन बनाउने निर्णय गरेको हो । अरुण गाउँपालिकामा तत्कालीन अध्यक्ष गजेन्द्रबहादुर कार्कीको पालामा गाउँपालिका भवन बनाउन बजेट विनियोजन गरेपनि भवन नबनी ‘फ्रिज’ भएर गएको थियो । खत्री अध्यक्ष भएर […]

गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

सिमकोट – ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको हो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालका अनुुसार नयाँ बन्न लागेको भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। गाउँपालिकाको प्रशासनिक भवनको नयाँ मापदण्डअनुुसार आरसिसी भवन बन्न लागेको हो। आफ्नो […]

खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास

खोटाङ– खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शिलान्यास गरेका छन् ।  आफ्नै भवन नहुँदा हाल साकेला गाउँपालिका-४ मात्तिम मानेभञ्ज्याङस्थित साबिकको इलाका […]

गाउँपालिकाको नमुना भवन

सुर्खेत, जेठ १८। २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ । वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई […]

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण

बैतडी – जिल्लाको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् । पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन् । चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ । पञ्चेश्वर […]

गोसाईंकुण्ड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न

रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न छ। आ.व २०७६/०७७ देखि निर्माण सुरु भएरको पक्कि भवनको निर्माणकार्य सम्पन्न भएको हो। भवनको सोमबार गाउँपालिकाको केन्द्र स्याफु्रुबेंशीमा एक कार्यक्रम आयोजना गरी उद्घाटन...

शिवनाथ गाउँपालिकाको आफ्नै भवन

बैतडी, ९ फागुन: जनप्रतिनिधि आएको चार वर्षपछि बैतडीको शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ । हालसम्म प्रशासकीय भवन नहुँदा भाडामा भवन लिएर सञ्चालन गरिएको थियो । भवन निर्माणसँगै त्यहीबाटै सेवासमेत सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिए । गाउँपालिकाकै रु दुई करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५-०७६ […]

शिवनाथ गाउँपालिकाको आफ्नै भवन

बैतडी : शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ।  प्रशासकीय भवन नहुँदा हालसम्म भाडामा भवन लिएर कार्यालय सञ्चालन गरिएको थियो।अहिले नवनिर्मित भवनबाट सेवा सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन्। गाउँपालिकाको दुई करोड रूपैयाँमा भवन निर्माण गरिएको हो।    आर्थिक वर्ष २०७५/७६ को गाउँसभाबाट भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो।२०७६ सालमा ठेक्कामार्फत भवन निर्माण सुरु गरे पनि कोरोना संक्रमणको कारणले केही ढिलाइ भएको हो। नवनिर्मित

निर्माण भयो रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन

म्याग्दी, २७ असोज : म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो । रु एक करोड १० लाख लागत अनुमान गरिएको भबन बनाउन विसं २०७७ फागुनमा हिमालयन बिल्डर्सले रु ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो । चौतिस फिट चौडाइ र ४४ […]