काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता प्रतिक्रिया दिएका छन्। मेरियट होटलमा भएको वार्तापछि बाहिरिँदै नेपालले यस्ताे बताएका हुन्। ओली निस्किएको करिब आधि घण्टापछि होटलबाट निस्किएका नेता नेपालले पत्रकारहरुसँग टाढैबाट हात हल्लाउँदै भने, ‘कुराकानीमा कुनै प्रगति छैन।’प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने ओली र नेपालबीचको भेटवार्ता सकारात्म