आगामी १५ वैशाखमा हुने इलाम २ को संघीय उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले जिल्लाकेन्द्रित चुनावी अभियान सुरु गरेका छन् । काठमाडौंबाट बुधबार निर्वाचन क्षेत्र प्रस्थान गरेका नेम्वाङले शनिबारसम्म चुनावकेन्द्रित भेटघाट...
१९ मंसिर, काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी र नेकपा माओवादी उम्मेदवार गंगा कार्कीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी माओवादीका कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् । शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०३ मत छ । ओराङको मत गन्नुअघि कार्की ११४ […]
मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा १ तर्फ एमाले उम्मेदवार रीता न्यौपानेले १०८७७ मत प्राप्त गरेकी छन्। त्यस्तै, गठबन्धन नेकपा माओवादी केन्द्रले १०४५१ मत ल्याएको छ भने राप्रपाका उम्मेदवार हीरा भट्टराईले ६२५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
दैलेख निर्वाचन क्षेत्र नं १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्माले अग्रता कायम राखेका छन्। शर्माले १३ हजार तीन सय ५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी अमरबहादुर थापाले १३ हजार १०८...
६ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पछाडि परेका छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि आएका हुन् । ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार […]
काठमाडौँ- मतदान सम्पन्न भएसँगै काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेल मतगणनास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेका छन्। काठमाडौँ १ मा मतदान सम्पन्न भएसँगै मतपेटिकाहरु शिलबन्दी गरी मतगणनाका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुर्याइएका हुन्। काठमाडौँ १ मा आइतबार रातिसम्म मतगणना सुरु हुने निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन्। काठमाडौँ १ मा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाशमान […]
३० कात्तिक, वीरगञ्ज । पर्सा– ४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका कांग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका हुन् । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । […]
भैरहवा– रूपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४ हजार […]
४ जेठ, झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेलले मतान्तर घटाउँदै लगेकी छन् । प्राप्त पछिल्लो परिणाम अनुसार उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले मात्रै पछाडि छन् । ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । […]