आचारसंहिताविपरीत विद्यार्थीमाझ प्रचार गरेकी एमाले उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण
निर्वाचन आयोगले दाङ ३ की एमाले उम्मेदवार कोमल वलीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार गर्न विद्यालयमै पुगेको, अभिभावकलाई एमालेको सूर्य चिह्नमा मत हाल्न बालबालिकालाई दबाब र प्रलोभनमार्फत प्रभाव...
दाङ – दाङ क्षेत्र नम्बर ३ मा २१ हजार मत गन्न बाँकी हुँदा एमाले उम्मेदवार कोमल वली ६ हजार ८ मतान्तरले पछि पर्नुभएको छ ।
उहाँले अहिलेसम्म २२ हजार २ सय ४१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी २८ हजार २ सय ४९ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।
दाङ – नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली र प्रदेश सभा ३ (२) का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयमै पुगेर विद्यार्थीसँग मत मागेका छन् ।
निर्वाचन आचारसंहिता विपरीत दाङको बबई गाउँपालिका १ गंगटेमा रहेकाे सरस्वती जनता माविमा वली र बस्नेतसहितका नेता, कार्यकर्ता पुगेर घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न विद्यार्थीसमक्ष अनुरोध गरेका छन् । केही दिनअघि विद्यालयमा पुगेर उनीहरूले गरेकाे भेलाकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।
...