सोलुखुम्बु : तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको एक सामुदायिक वनमा गएरातिदेखि भीषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले बताएका छन्।भीर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकोप्टर झिकाइएको खुम्बु पासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले जानकारी दिइन्। आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौंबाट सिम्रीक एयरको हेलिकोप्टर उडिसकेको बताइएको छ।आफु काठमाडौमा भएको र आज बिहान मात्रै आगलागीको खबर प