भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।