बिबिसी मास्टर सेफ साह भन्छन्, ‘नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन चाहन्छौँ’
काठमाडौँ । चर्चित सेलिब्रेटी ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताएका छन् ।
काठमाडौँ – चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताएका छन् । प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले आज नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा आयोजना गरेको ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’मा बोल्दै उहाँले नेपाली परिकारको प्रवद्धन तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न प्रतियोगिता सहयोगी हुने विश्वास […]
‘वाह अलैंची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैंचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैंचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैंचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनले बताए ।विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अ
काठमाडाैँ- पर्यटन मन्त्रालयले बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने भएको छ। मन्त्रालयले साहलाई पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सद्भावना दूतमा नियुक्ति गर्ने भएको हो। सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई विश्वमाझ चिनाउँदै आएका छन्। लण्डनमा भएको बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० मा उनले नेपाली परिकारहरू पस्किएर निर्णायक […]
चर्चित सेलिब्रेटी ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताउनुभएको छ । ‘बिबिसी मास्टर सेफ : द प्रोफेसनल २०२०’ का फइनालिस्ट सेफ साहसहितको टोली आज नेपाल आउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपाल र नेपालीपन, रहनसहन र संस्कृतिसामु साक्षात्कार गर्न पाउँदा धेरै …
काठमाडौं : प्रतिस्पर्धामा सहभागी हुनुको अन्तिम उद्देश्य केवल विजय प्राप्त गर्नु नै हो। सहभागी प्रतियोगी सबै विजयी हुँदैनन्। विजयीले ताज पहिरिन्छन्। कतिपय उपविजेताले ट्रफी नपाए पनि धेरैको मन जित्छन्।
जसमध्ये केही महिनाअघि भएको बिबिसी मास्टर सेफ प्रतियोगिताका उपविजेता सन्तोष साहले धेरै नेपालीको मन जिते। विश्वभर कोरोना महामारीले सबैलाई थल्याइरहेका बेला नेपालको नाम विश्वसामु राखेर उनी सेफ प्रतियोगितामा सहभागी भएका थिए।
सन्तोष नेपाल आएको ठ्याक्कै एक महिना भयो। उनी त्रिभुवन अन्तर्राष्ट्...
रियालिटी सो ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ को उपाधि जित्न नसके पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छन् सिरहाका सन्तोष साह। उनी मधेस, पहाड र हिमालको खान्की पस्केर ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको उपविजेता बन्न सफल भएका छन्। पाककलाको प्रतिस्पर्धा हुने यो रियालिटी सोमा व्यावसायिक सेफहरूले भाग लिन्छन्। नोभेम्बरको दोस्रो साता सुरु भएको प्रतियोगिता सात सातासम्म चलेर बिहीबार अन्तिम चरण सम्पन्न भएको छ।