पानीपुरी, चटपटेजस्ता खानेकुरा निश्चित अवधिलाई रोक्न प्रस्ताव

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले खुला रूपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूल बजारमा निगरानी बढाउनुपर्नेे बताएकी छिन् । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको आइतबार सम्पन्न बैठकमा उनले...

सम्बन्धित सामग्री

हैजाको रोकथाम : पानीमा निर्भर

काठमाडौँ, ललितपुर र कैलाली जिल्लाका केही स्थानमा देखा परिरहेको हैजाको छिटो रोकथाम र फैलावट रोक्न आवश्यक छ । हैजा एक सङ्क्रामक सरुवा रोग हो । यसको चिकित्सकीय उपचारभन्दा रोकथाम र नियन्त्रण प्रभावकारी हुने चिकित्सा विज्ञानबाट प्रमाणित भइसकेको छ । हैजाका सङ्क्रमित बिरामीको दिशामार्फत पानी वा अन्य खानेकुरा प्रदूषित हुँदा यो रोग एक अर्कोमा सर्छ । मानिसमा रोगको सङ्क्रमण भइसकेपछि कडा प्रकारको पखाला लाग्ने, वाक्वाकी र वान्ता हुने, ज्वरो आउने र शरीरबाट धेरै मात्रामा पानी निस्कनाले कडा किसिमको जलवियोजन हुन्छ । कडा जलवियोजनको कारणले बिरामीको समयमा उचित उपचार हुन नसकेमा मृत्यु हुन्छ । हैजाका बिरामीमा कडा जलवियोजन भएमा जिब्रो, मुख र घाँटी सुक्खा

सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]

नेपालमा मात्रै नभई विश्वमा नै बढी मात्रामा देखिएको समस्याका रुपमा दन्त सडनलाई लिने गरिन्छ।  दाँतको सबैभन्दा बाहिरको पत्रलाई इनामेल भनिन्छ। उक्त पत्रमा हामीले खाएका खानेकुरा टाँसिएको अवस्थामा मुखमा भएका असंख्य किटाणु तथा ब्याक्टेरियाले ती खानेकुरालाई सडाउँछन्।

खानेकुराबाटै घटाउन सकिन्छ कोलेस्टेरोल

काठमाडौं । शरीरमा कोलेस्टेरोल बढ्ने समस्या अहिले धेरैलाई छ । कोलेस्टेरोलको समस्या मुख्यत: दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा । यसबाहेक तनावले पनि कोलेस्टेरोल बढाउन सक्छ । कोलेस्टेरोल बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता हुन्छ । वंशाणुगत कारणले हुने समस्या रोक्न नसकिने भए पनि खानेकुराका कारण हुने कोलेस्टेरोल घटाउन सकिन्छ । तर कसरी ? […]

बसाइँ रोक्न ‘बाँदर पार्क’

बाँदर आएर खेती खाइदिने, घरभित्र पकाएको खानेकुरा समेत खोसेर लैजाने र मानिसमाथि आक्रमण गर्ने क्रम बढेपछि जैमिनी नगरक्षेत्रका धेरै स्थानीय पछिल्लो समय बसाइँ सर्न थाले ।

कपाल झर्न रोक्न खानै पर्ने खानेकुरा

गर्मीको मौसम आइसकेको छ । गर्मी मौसममा तेजिलो घाम र हावाले कपाललाई नकारात्मक असर पार्छ । यो मौसममा कपाल सुख्खा र रुखो बन्छ । जसले गर्दा कपाल अत्यधिक झर्न सुरु गर्छ । विशेषज्ञहरू मौसम परिवर्तन हुने समयमा कपालको स्याहार गर्न सल्लाह दिन्छन् । कपाल झर्न रोक्नका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक छ । खानपान राम्रो बनाउनका लागि सन्तुलित खानेकुरा खानुपर्छ । जसबाट पर्याप्त मात्रामा न्युट्रिशन, भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ । यसले स्वास्थ्य मात्र होइन कपाललाई पनि बलियो ब

म्याग्दीका गाउँ–गाउँमा फैलियो कोरोना संक्रमण

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण भयावह रूपमा फैलन थालेको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएकासहित अन्य गाउँमा समेत संक्रमण तीव्र गतिमा फैलिएको छ । बेनी नगरपालिकाका ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाट लगायत जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । जिल्लामा दैनिक १ सयभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ । जिल्लाका मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि कोरोना संक्रमण बढिरहेको सम्बन्धित स्थानीय तहका प्रमुखहरूले बताएका छन् । कोरोना संक्रमणपछि उपचारका क्रममा बेनी अस्पताल, पोखरा लगायत मृत्यु हुनेहरू पनि अधिकांश ग्रामीण क्षेत्रका छन् । पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘कोरोना निकै फैलिन थालेको छ,’ उनले भने । त्यस्तै रघुगंगा र धवलागिरि गाउँपालिकामा पनि कोरोना संक्रमणको अवस्था उस्तै छ । गाउँपालिकाका विभिन्न गाउँमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका धेरैजसोमा संक्रमण पुष्टि भएको बताइएको छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा संक्रमण ह्वात्तै बढेको छ । यहाँ अहिले २६ जना सक्रिय संक्रमित छन् । एकै वडामा दर्जनौंको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, अझै स्वाब संकलन र परीक्षणको दायरा बढ्न सकेको छैन । पछिल्लो साताको अवस्था हेर्दा गाउँमा कोरोना संक्रमण डरलाग्दो रूपमा फैलिएको कोरोना नियन्त्रण अभियानमा सक्रिय बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए । संक्रमित बढ्न थालेपछि स्थानीय जनप्रतिनिधि चिकित्सकसहित स्वास्थ्य सामग्री, औषधि र पोषिलो खानेकुरा बिरामीको घरदैलोमा पुग्न थालेका छन् । यसले संक्रमितको आत्मबल बढेको पाइएको छ । ‘हामी कोरोना संक्रमितको अवस्था बुझ्ने र उनीहरूलाई स्वास्थ्य परामर्श तथा औषधि प्रदान गर्ने अभियान लिएर संक्रमितको घरदैलोमै पुगेका छैं,’ बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले अहिले संक्रमण दर बढ्नुको मुख्य कारण संक्रमित सुरक्षितसँग आइसोलेशनमा नबस्नु पनि एउटा कारण भएको बताए । ‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरबाही कारक छ,’ उनले भने, ‘साथै वैशाख महीनामा गाउँघरमा भएका विवाह, धार्मिक कार्यमा मानिसको बढी भीडभाड भएकाले पनि यस्तो अवस्था आएको हो ।’ सरकारले निर्देशन गरेका सबै स्वास्थ्य मापदण्ड र बन्दाबन्दीलाई सहीरूपमा पालना गरे संक्रमण थप फैलिन रोक्न सकिने उनले बताए ।

अनियन्त्रित खानाले यसरी गर्छ कलेजोलाई हानी

एकथरीको धारणा हुन्छ, जति धेरै खानेकुरा खाइन्छ शरीर उत्तिनै बलियो हुन्छ । अर्काथरी हुन्छन्, खानाका सौखिन । र, तेस्रोथरी हुन्छन् जो मीठोमसिनो भनेपछि आफुलाई रोक्न सक्दैनन् । यी तीन किसिमका प्रवृत्ति हानिकारक छ, खासगरी कलेजोको …

घर हिँडेका मजदुरहरु धादिङ र चितवनको सिमानामा

कोरोना भाइरस माहामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि उनीहरु हिँडेर घर जान लागेका थिए । उनीहरुलाई चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेकामा केहीलाई ट्रकमा चढाएर पठाइएको छ भने केहीलाई पठाउने व्यवस्था हुँदैछ ।

धादिङ र चितवनको सिमानामै रोकिए घर हिँडेका मजदुर

धादिङ : कोभिड–१९ को महामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन्। कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि हिँडेर घर जान लागेका थिए। घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेको हो। बिहानैदेखि