काठमाडौँ, ललितपुर र कैलाली जिल्लाका केही स्थानमा देखा परिरहेको हैजाको छिटो रोकथाम र फैलावट रोक्न आवश्यक छ । हैजा एक सङ्क्रामक सरुवा रोग हो । यसको चिकित्सकीय उपचारभन्दा रोकथाम र नियन्त्रण प्रभावकारी हुने चिकित्सा विज्ञानबाट प्रमाणित भइसकेको छ । हैजाका सङ्क्रमित बिरामीको दिशामार्फत पानी वा अन्य खानेकुरा प्रदूषित हुँदा यो रोग एक अर्कोमा सर्छ । मानिसमा रोगको सङ्क्रमण भइसकेपछि कडा प्रकारको पखाला लाग्ने, वाक्वाकी र वान्ता हुने, ज्वरो आउने र शरीरबाट धेरै मात्रामा पानी निस्कनाले कडा किसिमको जलवियोजन हुन्छ । कडा जलवियोजनको कारणले बिरामीको समयमा उचित उपचार हुन नसकेमा मृत्यु हुन्छ । हैजाका बिरामीमा कडा जलवियोजन भएमा जिब्रो, मुख र घाँटी सुक्खा