कोरोना भाइरस माहामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि उनीहरु हिँडेर घर जान लागेका थिए । उनीहरुलाई चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेकामा केहीलाई ट्रकमा चढाएर पठाइएको छ भने केहीलाई पठाउने व्यवस्था हुँदैछ ।