म्याग्दीका गाउँ–गाउँमा फैलियो कोरोना संक्रमण

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण भयावह रूपमा फैलन थालेको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएकासहित अन्य गाउँमा समेत संक्रमण तीव्र गतिमा फैलिएको छ । बेनी नगरपालिकाका ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाट लगायत जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । जिल्लामा दैनिक १ सयभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ । जिल्लाका मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि कोरोना संक्रमण बढिरहेको सम्बन्धित स्थानीय तहका प्रमुखहरूले बताएका छन् । कोरोना संक्रमणपछि उपचारका क्रममा बेनी अस्पताल, पोखरा लगायत मृत्यु हुनेहरू पनि अधिकांश ग्रामीण क्षेत्रका छन् । पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘कोरोना निकै फैलिन थालेको छ,’ उनले भने । त्यस्तै रघुगंगा र धवलागिरि गाउँपालिकामा पनि कोरोना संक्रमणको अवस्था उस्तै छ । गाउँपालिकाका विभिन्न गाउँमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका धेरैजसोमा संक्रमण पुष्टि भएको बताइएको छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा संक्रमण ह्वात्तै बढेको छ । यहाँ अहिले २६ जना सक्रिय संक्रमित छन् । एकै वडामा दर्जनौंको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, अझै स्वाब संकलन र परीक्षणको दायरा बढ्न सकेको छैन । पछिल्लो साताको अवस्था हेर्दा गाउँमा कोरोना संक्रमण डरलाग्दो रूपमा फैलिएको कोरोना नियन्त्रण अभियानमा सक्रिय बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए । संक्रमित बढ्न थालेपछि स्थानीय जनप्रतिनिधि चिकित्सकसहित स्वास्थ्य सामग्री, औषधि र पोषिलो खानेकुरा बिरामीको घरदैलोमा पुग्न थालेका छन् । यसले संक्रमितको आत्मबल बढेको पाइएको छ । ‘हामी कोरोना संक्रमितको अवस्था बुझ्ने र उनीहरूलाई स्वास्थ्य परामर्श तथा औषधि प्रदान गर्ने अभियान लिएर संक्रमितको घरदैलोमै पुगेका छैं,’ बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले अहिले संक्रमण दर बढ्नुको मुख्य कारण संक्रमित सुरक्षितसँग आइसोलेशनमा नबस्नु पनि एउटा कारण भएको बताए । ‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरबाही कारक छ,’ उनले भने, ‘साथै वैशाख महीनामा गाउँघरमा भएका विवाह, धार्मिक कार्यमा मानिसको बढी भीडभाड भएकाले पनि यस्तो अवस्था आएको हो ।’ सरकारले निर्देशन गरेका सबै स्वास्थ्य मापदण्ड र बन्दाबन्दीलाई सहीरूपमा पालना गरे संक्रमण थप फैलिन रोक्न सकिने उनले बताए ।

सम्बन्धित सामग्री

फेरि बढ्न थाले कोरोना संक्रमण

पुस, काठमाडौं। कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि […]

शेखर कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । कोइरालाको सचिवालयका अनुसार कोरोना संक्रमण देखिएपछि उनको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ...

बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण

बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे छ। बकिंघम दरबार प्रशासनले एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे बताएकाे छ।...

क्यानडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटमार्फत् आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, 'मलाई...

नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण

काठमाडौँ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ।

उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३७५ जनाले वृद्धि भएको हो। सोही अनुरुप गत २४ घण्टामा काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबाट उपत्यकामा ६२४ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना संक्रमण भएको छ।