२९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आर्थिक वर्षको फागुनसम्ममा सूचीकृत ५ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु. ५५१ अर्ब ६८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्ममा रु. १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु. ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, रु.२८ अर्ब ७६ करोड बराबरको बोनस शेयर, रु.१० ...

सम्बन्धित सामग्री

धौलागिरि लघुवित्तले पायो आईपीओ निष्काशनको अनुमति

धौलागिरि लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको अनुमति पाएको छ ।नेपाल धितोपत्र बोर्डले संस्थााई सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । साधारण सेयर निष्काशनका लागि लघुवित्तले सन्राइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा […]

शिखर इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्रि खुला

शिखर इन्स्योरेन्सले आज चैत्र १ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले चैत्र २१ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो।

मुक्तिनाथ कृषि कम्पनीले माग्यो आईपिओ निष्काशन अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन २० गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।   कम्पनीले आईपिओ निष्काशन गर्नको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । वि.स. २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको छ। मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । कम्पनीले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको जनाएको छ । कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । यो शुरुवात संगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष भरतराज ढकालले बताएका छन्।  विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि कम्पनीले विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ ।

शिखर इन्स्योरेन्सले चैत्र १ गतेदेखि हकप्रद बिक्रि गर्ने

शिखर इन्स्योरेन्सले चैत्र १ गतेदेखि हकप्रद बिक्रि खुला गर्ने भएको छ । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले चैत्र २१ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो।

शिखर इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

शिखर इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज माघ २० गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।  कम्पनीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो। कम्पनीले हकप्रद निष्काशन गर्ने मिति तय गर्न बाँकि छ  ।

धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई दियो हकप्रद निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले आईएमई जनरल इन्स्योरेन्स IME General Insurance र शिखर इन्स्योरेन्स  Shikhar Insurance Company Limited लाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय गरेको हो   ।बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको अनुमति दिएको बोर्ड स्रोतले जनाएको छ । बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् । जस अनुसार आईएमई जनरल इन्स्योरेन्सले  १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो  । अब कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।त्यस्तै शिखर इन्स्योरेन्सले जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।  कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।  बोर्डबाट अनुमति पाएसंगै कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने  छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  बुधबारको बोर्ड बैठकले बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति दिने निर्णय पनि गरेको छ।

साउनमा नेप्सेमा १७ अर्ब ७३ करोडको थप धितोपत्र सूचीकृत

साउन महिनामा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।जस अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनामा रु.१३ अर्ब ७५ करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ८८ करोड बराबरको साधारण शेयर, रु.५७ करोड ३९ लाख बराबरको बोनस शेयर र रु.५२ करोड ४१ लाख बराबरको हकप्रद शेयर गरी कुल रु.१७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.१ अर्ब ५७ करोड बराबरको साधारण शेयर र रु.२४ करोड ३३ लाख बराबरको हकप्रद शेयर गरी कुल रु.४ अर्ब ८२ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ साउनसम्ममा सूचीकृत ५ अर्ब ८५ करोड शेयरको चुक्ता मूल्य रु.५७५ अर्ब ५० करोड रहेको छ । २०७७ साउन मसान्तमा १३९१.५ रहेको नेप्से सूचकाङ्क २०७८ साउन मसान्तमा ३१६०.१ पुगेको छ । २०७८ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४४१४ अर्ब पुगेको छ । २०७७ साउन मसान्तमा बजार पुँजीकरण रु.१८३७ अर्ब रहेको थियो ।२०७८ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्थार बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको थियो ।सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानी कम्पनीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.८ प्रतिशत रहेको छ ।