बुक विल्डिङ आईपिओ: सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङले धितोपत्र बोर्डसँग मागे अनुमति

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएका छन् । सर्वोत्तमले असार २८ र रिलायन्सले असार ३१ मा बोर्डमा आवेदन दिएका हुन् ।दुवै कम्पनीले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्न लागेको हुन् । जस अनुसार उनीहरुले हाल योग्य संस्थागत लगानीकर्तालाई आईपिओ निष्काशनको लागि अनुमति माग गरेका हुन् । सर्बसाधारणमा निष्काशन गरिने शेयरको ४० प्रतिशत  योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार उनीहरुले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताको लागि शेयर निष्काशनको अनुमति माग गरेका हुन् ।योग्य संस्थागत लगानीकर्ता सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर निष्काशन गर्ने छ भने रिलायन्स स्पिनिंग मिल्सले ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्ने छ । संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने ब्यबस्था छ । योग्य  संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने ब्यबस्था छ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य  संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । दुवै कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

सम्बन्धित सामग्री

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न पायो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति दिएको हो । यस कम्पनीले आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार ३१ गते निवेदन दिएको थियो । लामो समयपछि कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।  अनुमति पाएसँगै पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुनेछ । कम्पनीको शेयरको ४० प्रतिशतले हुने ७ लाख ७० हजार ६४६ कित्ता शेयर बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरिनेछ ।  कम्पनीको शेयरको आशय मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म छ । यही रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्नेछ । धितोपत्र पूर्ण रूपमा विक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गर्नुपर्छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छूट दिई धितोपत्र निष्कासन गर्नुपर्ने छ ।  योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको शेयर बाँडफाँट भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  पवन गोल्यान कम्पनीका कार्यकारी अध्यक्ष हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा छ । कम्पनीले अन्तरराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्नलगायत सिउने धागो विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।  रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने दोस्रो कम्पनी बनेको छ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

४ ओटा  कम्पनीको २ करोड ४२ लाखभन्दा बढी हकप्रद शेयर स्वीकृतिको पर्खाइमा

पुस ३०, काठमाडौं । चार ओटा कम्पनी कुल २ करोड ४२ लाख २२ हजार ३९० दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै चार ओटा कम्पनी आईपीओ ल्याउने तयारीमा रहेका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले १०:३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ २५ गते निवेदन दिएको हो ।  विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १०:४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डमा भदौ १७ गते निवेदन दिएको हो ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, अपि पावर कम्पनीले १:०.३९ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असोज २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  नेपाल फाइनान्स लिमिटेडले १:०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक १ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यी चारओटै कम्पनीलाई समीक्षा र टिप्पणी पठाइसकेको छ ।  आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि मात्र यी चार कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछन् ।  असोज महीनादेखिनै नियामक निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहान भएसँगै आईपीओ लगायत हकप्रद शेयर निष्कासनका लागि स्वीकृत दिने प्रक्रिया ढिलाइ भएको हो ।  पछिल्लो समय सर्वोत्तम सिमेन्ट शेयर खरीद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिक्ष्मराज ढुङ्गाना बर्खास्त भएका थिए । दुई कम्पनीले भने हकप्रद शेयर निष्कासनको मिति तय गरिसकेका छन् ।  नारायणी डेभलपमेण्ट बैंकले भने पुस ७ गतेदेखि रू. १०० अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । यो हकप्रद शेयरमा आवेदकले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । कर्पोरेट डेभलपमेण्ट बैंकले माघ ७ गतेदेखि ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन बन्द मिति माघ २७ गतेसम्म रहेको छ ।  विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते एक दिन बुक क्लोज गरेको हो । यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

पद दुरुपयोग गरी लाभ लिनेहरूमाथि छानबिन हुनु पर्दैन ?

धितोपत्र (सेयर) निष्काशनको स्वीकृति र कारोबारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड र धितोपत्रको दोस्रो बजार कारोबार गराउने नेपाल स्टक एक्स्चेन्जका प्रमुखहरू विवादमा फसेका छन् । उनीहरूमाथि सर्वोत्तम सिमेन्ट नामक कम्पनीको भित्रिया सेयर कारोबार (इन्साइडर ट्रेडिङ्ग) मा संलग्न भएको आरोप छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छो…

पद दुरुपयोग गरी लाभ लिनेहरूमाथि छानबिन हुनु पर्दैन ?

धितोपत्र (सेयर) निष्काशनको स्वीकृति र कारोबारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड र धितोपत्रको दोस्रो बजार कारोबार गराउने नेपाल स्टक एक्स्चेन्जका प्रमुखहरू विवादमा फसेका छन् । उनीहरूमाथि सर्वोत्तम सिमेन्ट नामक कम्पनीको भित्रिया सेयर कारोबार (इन्साइडर ट्रेडिङ्ग) मा संलग्न भएको आरोप छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छो…

पद दुरुपयोग गरी लाभ लिनेहरूमाथि छानबिन हुनु पर्दैन ?

धितोपत्र (सेयर) निष्काशनको स्वीकृति र कारोबारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड र धितोपत्रको दोस्रो बजार कारोबार गराउने नेपाल स्टक एक्स्चेन्जका प्रमुखहरू विवादमा फसेका छन् । उनीहरूमाथि सर्वोत्तम सिमेन्ट नामक कम्पनीको भित्रिया सेयर कारोबार (इन्साइडर ट्रेडिङ्ग) मा संलग्न भएको आरोप छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छो…

अर्थ समितिमा सेबोन अध्यक्षमाथि सांसदले उठाए नैतिक प्रश्न

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा अध्यक्ष भीष्मराज ढुंगानाले पदीय दायित्वविपरीत काम नगरेको दाबी गरेको छ । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोर्डले सर्वोत्तम सिमेन्ट धितोपत्र बोर्डको नियमनभित्र नआइसकेको पनि जनाएको छ । अध्यक्ष ढुंगानाको विवाहिता छोरीले कम्पनीको सेयर खरिद गरेको र बोर्ड कर्मचारी सेवा, सर्त...

भित्री कारोबार, परिवार र नियमन

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र सदस्य चन्द्रप्रसाद ढकाल तथा बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का कार्यकारी प्रमुख चन्द्रसिंह साउद भित्री कारोबारको विवादमा तानिएका छन् । बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ जारी गरेपछि पहिलोपटक यस विधिबाट धितोपत्र निर्गमन गर्ने अन्तिम चरणमा पुगेको सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर ढुंगाना, ढकाल र साउदले क्रमशः छोरी, भाइ र पत्नीको नाममा किनेपछि भित्री कारोबारको प्रसंग बाहिर आएको हो । बोर्ड र नेप्से दुवैको तालुकी निकाय अर्थ मन्त्रालयले दुवै निकायका नाममा स्पष्टीकरण सोधेपछि अध्यक्ष ढुंगानाले भित्री कारोबार नभएको, छोरी विवाहित भएको हुँदा परिवारको परिभाषामा नपर्ने र असूचीकृत कम्पनी धितोपत्रसम्बन्धी कानूनको परिधिमा नपर्ने भन्दै मुख्यतः तीनओटा विषय उल्लेख गरी स्पष्टीकरण पेश गरेको सार्वजनिक भएको छ । स्पष्टीकरणमा परेको तीनओटा विषय संक्षेपमा विश्लेषण गरिएको छ । ढुंगानाले सर्वोत्तम सूचीकृत नभएको हुँदा धितोपत्रसम्बन्धी कानूनको परिधिमा नआएको कम्पनी हुँदा यसमा धितोपत्रसम्बन्धी कानूनी व्यवस्था लागू हुँदैन भनेर दिएको जवाफसँग सहमत हुन सकिँदैन । भित्री कारोबार ढुंगानाले भित्री कारोबार नभएको भनी दिएको स्पष्टीकरण उचित हो । ढुंगानासँगै अन्यको हकमा पनि भित्री कारोबार होइन । भित्री कारोबार नभए पनि नियमन निकायको माथिल्लो तहमा रहेकाबाट यस्तो कारोबार हुनु नैतिक र नियमसम्मत दुवै होइन । भित्री कारोबार हुनका लागि पहिलो शर्त कम्पनी सूचीकरण भएर खुला रूपमा एक्सचेन्जमा कारोबार भइरहेको हुनुपर्छ । सर्वोत्तम सूचीकृत कम्पनी नभएको हुँदा यसमा भित्री कारोबार भयो भन्नु सर्वार्थ अनुचित हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१(१) मा ‘कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने सार्वजनिक नभएका भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भनिएको छ । यसैको स्पष्टीकरणमा ‘भित्री सूचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने कुनै कम्पनीबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्नसक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ’ भनेको छ । यी दुई वाक्यमा रहेको ‘मूल्यमा असर पार्नसक्ने’ र ‘धितोपत्र जारी गर्ने कुनै कम्पनीबाट सार्वजनिक नभएको’ भन्ने दुई वाक्यांशले कम्पनी सूचीकरणमा रहेकोतर्फ इंगित गर्छ । यसको असर र प्रभाव तत्काल आजको भोलि देखिनुपर्छ । यो व्यवस्थाले १ हप्ताको पनि परिकल्पना गर्दैन । भित्री कारोबारमा कोको संलग्न हुनसक्छन् भन्ने विषयमा ऐनको दफा ९२ मा (१) कम्पनीका सञ्चालक, कर्मचारी वा शेयरधनी, (२) त्यस कम्पनीलाई पेशागत सेवा प्रदान गर्ने व्यक्ति (बाह्य लेखापरीक्षक, कानूनी सल्लाहकार आदि) र (३) माथि (१) र (२) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेलाई सूचना र जानकारीमा पहुँच भएको व्यक्ति (लेखापरीक्षण वा ल फर्मको कर्मचारी, सञ्चालक, शेयरधनी वा कर्मचारीको नातेदार आदि) मानिएको छ । ऐनको यो व्यवस्थाले सूचीकृत वा सूचीकरण हुन लागेको कम्पनीका शेयरधनीले शेयर बेचेको घटनाक्रमलाई भित्री कारोबार भन्न मिल्दैन । कम्पनीका शेयरधनीलाई कानूनी बन्देजका कारण वा अदालती आदेशले शेयर बेच्नमा कुनै रोक लगाएको अवस्थामा बाहेक जुनसुकै बेला शेयर विक्री गर्न सक्छन् । शेयर सम्पत्ति हो, यस आधारमा सर्वोत्तमका शेयरधनीले आप्mनो नाममा रहेको शेयर विक्री गर्न सक्छन् । कम्पनी र शेयरधनीले विक्री गर्ने शेयर फरकफरक कुरा हो । स्मरण रहोस् सर्वोत्तमले आफ्नो शेयर बेचेको छैन, सर्वोत्तमका शेयरधनीले बेचेका हुन् । कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न छुट्ट्याएको शेयर कानूनमा तोकिएको विधिबाट ‘मूल्य अन्वेषण’ हुन बाँकी छ । परिवारको प्रसंग अध्यक्षलगायत तिनैजना आफूले शेयर किनेको देखिँदैन । ढुंगानाले छोरी विवाहित भएको, आफूले पालनपोषण गर्नु नपर्ने, परिवारको सदस्य नभएको र आफूले रकमसम्म उपलब्ध गराएको स्पष्टीकरण दिएका छन् । विवाहित छोरी परिवारको सदस्य नमानिने भनी दिएको जवाफमा असहमत हुने ठाउँ छैन । तर, परिवारको परिभाषाको सिमा कुन हदसम्म लागू हुन्छ भन्नेतर्फ दृष्टिगत गर्नुपर्छ । परिवार संकुचित अवधारण हो, यसको उपयोग कर्मचारी वा पदाधिकारीको पदसम्म मात्र सिमित हुन्छ र यो मुख्यतः भरणपोषणसँग सम्बन्ध राख्छ । कुनै संस्थामा आबद्ध भएको अवस्थामा त्यहाँबाट प्राप्त हुने सेवा सुविधाको हदसम्म यसलाई लागु गरिन्छ । जस्तो : कुनै कर्मचारी वा पदाधिकारीको परिवारले प्राप्त गर्ने औषोधोपचार वा बीमा सुविधा ककसलाई दिने भन्ने सन्दर्भमा एकै चूल्होमा खाने, आफैले भरणपोषण र काजकिरिया गर्नुपर्ने सदस्यसम्म सीमित हुन्छ । कुनै पनि आर्थिक कारोबारको सन्दर्भमा परिवार होइन, नजिकको नातेदार हेरिन्छ । परिवार र नातेदार फरकफरक अवधारणा हुन् । समाजशास्त्री÷मानवशास्त्रीले नातेदारी प्राथमिक, द्वितीयक र तृतीयक गरी तीन तहको हुने बताएका छन् । भारतीय समाजशास्त्री डा. श्यामाचरण दुवेले पिता, माता, दाजुभाइ, दिदीबहिनी, पति, पत्नी, पुत्र, पुत्री गरी ८ ओटा प्राथमिक नाता हुने बताएका छन् । प्राथमिक नाताका, प्राथमिक नातालाई द्वितीयक र द्वितीय नाताका पनि प्राथमिक नातालाई तृतीयक नाता भनिन्छ । अमेरिकी समाजशास्त्री जर्ज पिटर मुरडोकले द्वितीयक र तृतीयक नाता क्रमशः ३३ र १ सय ५१ ओटा हुने बताएका छन् । धितोपत्र बोर्ड सूचीकृत र सूचीकृत हुने क्रममा रहेका कम्पनीको नियामक हो । कम्पनीको सन्दर्भमा नातेदारको लर्को खोजी गर्दा कम्पनी ऐन, २०६३ आकर्षित हुन्छ । ऐनको दफा २(त्र) मा ‘नजिकको नातेदार’ भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासू, ससुरा, दाजुभाइ, दिदीबहिनी, भाउजू, बुहारी, सालासाली, भिनाजु, काकाकाकी, मामामाइजू, छोराछोरी, छोराबुहारी, नाति, नातिनी, नातिनीबुहारी वा ज्वाइँ सम्झनुपर्छ’ भनेको छ । यस परिभाषाले ‘विवाहित वा अविवाहित’ केही नभनी ‘छोरी’ मात्र भनेबाट ‘विवाहित छोरी’ भनेर उन्मुक्ति पाइँदैन । कम्पनी ऐनले दिएको नजिकको नातेदारको सूची अपूरो देखिएको हुँदा प्राथमिक, द्वितीयक र तृतीयकसमेत १ सय ९२ ओटा नातेदारलाई समावेश गर्नुपर्ने देखिन्छ । मित र धर्मपुत्र/पुत्री नपरेको भए यसलाई पनि समेट्नुपर्छ । नियमनको परिधि ढुंगानाले सर्वोत्तम सूचीकृत नभएको हुँदा धितोपत्रसम्बन्धी कानूनको परिधिमा नआएको कम्पनी हुँदा यसमा धितोपत्रसम्बन्धी कानूनी व्यवस्था लागू हुँदैन भनेर दिएको जवाफसँग सहमत हुन सकिँदैन । हरेक पब्लिक कम्पनी सम्भावित सूचीकृत कम्पनी हुन् । त्यसमा पनि सर्वोत्तमले साधारणसभाबाट सूचीकरणमा जाने प्रस्ताव पारित गरिसकेको हुँदा धितोपत्रसम्बन्धी कानूनको परिधिमा आइसकेको छ । अझ सर्वोत्तमले धितोपत्रसम्बन्धी ऐनकै अधीनमा बनेको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ अनुसार विक्री प्रबन्धकसमेत नियुक्त गरिसकेको अवस्थामा सर्वोत्तम धितोपत्रसम्बन्धी कानूनको परिधिमा पर्दैन भन्ने जवाफसँग सहमत हुन सकिँदैन । सूचीकरणमा आउने भन्ने निर्णय हुनासाथ कुनै पनि कम्पनी नियमनको परिधिमा आइसकेको हुँदा यसलाई नियमन गर्न छुट्टै निर्देशिका तर्जुमा गरी यथाशीघ्र लागू गर्नुपर्ने देखिन्छ । निर्देशिकामा साधारणसभाले सूचीकरणमा जाने प्रस्ताव पारित गरेदेखि सूचीकरण नभएसम्म केके गर्न पाइने केके गर्न नपाइने उल्लेख गर्नुपर्छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।