शिखर इन्स्योरेन्सले चैत्र १ गतेदेखि हकप्रद बिक्रि गर्ने

शिखर इन्स्योरेन्सले चैत्र १ गतेदेखि हकप्रद बिक्रि खुला गर्ने भएको छ । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले चैत्र २१ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो। 

सम्बन्धित सामग्री

शिखर इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्रि खुला

शिखर इन्स्योरेन्सले आज चैत्र १ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले चैत्र २१ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो।

आईएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद निष्काशन गर्ने

आईएमई जनरल इन्स्योरेन्स IME General Insurance  ले फागुन २२ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन्।कम्पनीले  भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते अनुमति प्रदान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई दियो हकप्रद निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले आईएमई जनरल इन्स्योरेन्स IME General Insurance र शिखर इन्स्योरेन्स  Shikhar Insurance Company Limited लाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय गरेको हो   ।बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको अनुमति दिएको बोर्ड स्रोतले जनाएको छ । बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् । जस अनुसार आईएमई जनरल इन्स्योरेन्सले  १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो  । अब कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।त्यस्तै शिखर इन्स्योरेन्सले जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।  कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।  बोर्डबाट अनुमति पाएसंगै कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने  छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  बुधबारको बोर्ड बैठकले बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति दिने निर्णय पनि गरेको छ।