साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी भन्सारमा आइपुगेको छ । हालैमात्र कम्पनीले सार्वजनिक टेन्डरमार्फत खरिद गर्न लागेको कुल ४० वटा विद्युतीय बसमध्ये पहिलो चरणमा तीन वटा बस आएको हो । थप ३७ वटा बस भने यही साउन मसान्तभित्र नेपाल आइसक्ने साझा यातायातका महानिर्देशक महेन्द्राराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।गत वैशाख २०७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन साझालाई परिपत्र गरेको थियो । यसलगत्तै पहिलो चरणमा ४० वटा बस खरिदका लागि सार्वजनिक टे