चक्रपथमा द्रुतगतिका ७५ बिजुली बस सञ्चालन गरिने

काठमाडौं उपत्यकाको २७.३० किलोमिटर लामो चक्रपथ (रिङरोड)मा द्रुतगतिको बिजुली बस सञ्चालन हुने भएको छ । लगानी बोर्डले रिङरोडमा दु्रतगतिको बिजुली बस सञ्चालन गर्न यसअघि २०१९ मा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ ।...

सम्बन्धित सामग्री

उपत्यकामा साझाका ४० बिजुली बस

साझा यातायातले काठमाडौंमा उपत्यकाभित्र पहिलोपटक ४० वटा विद्युतीय बस सञ्चालन गरेको छ।

थन्किएका बिजुली बस सञ्चालन गर्न सांसद शाहको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोग बिहीन अवस्थामा रहेका बिजुली बसहरुको प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शाहले सरकारले ५७ करोड रुपैयाँ खर्च गरेर ल्याएको ३७ वटा बिजुली बसहरु मध्ये ३४ वटा बस अझै सञ्चालनमा आउन नसकेको बताए ।  उनले बसका लागि आवश्यक पार्किङ र चार्जिङ स्टेशनहरु समेत नभएको...

राष्ट्रपति भण्डारीद्वारा साझाको बिजुली बस उद्घाटन

काठमाडौँ– साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् ।  सो क्रममा उनले साझामा चढेकी पनि थिइन । साझाले यी बस काठमाडौंको  विभिन्न रुटमा चलाउने जनाएको छ ।  तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने […]

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

लामो समयसम्म आवश्यक प्रक्रिया पूरा नगरिदा र विद्युतीय बस सञ्चालन कार्यविधि नबन्दा पर्यटन मन्त्रालयले ती बसहरु लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्न ढिलाइ गर्‍यो। जसका कारण ती बसहरु लामो समय लुम्बिनीमा त्यसै थन्किएका थिए।...

कहिलेसम्म थन्क्याउने बिजुली बस ?

लुम्बिनी प्रदेश सरकार स्थापनादेखिका हरेक नीति कार्यक्रम र बजेटमा विद्युतीय बस सञ्चालनलाई मुख्य प्राथमिकतामा राखिएको छ । पेट्रोलियम पदार्थमा बाहिरिने रकम कम गर्न र प्रदूषण घटाउन प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्ने भनेको हो । तर, कागजमा पटक–पटक कुरा गरिए पनि सडकमा भने विद्युतीय बस गुडेका छैनन् ।

काठमाडौंमा गुड्‌न थाले साझाका विद्युतीय बस

काठमाडौं।बिहीबारदेखि काठमाडौंंमा साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस सञ्चालन भएका छन्।बिहीबार साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो।यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ।अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बसले सेवा थालेका छन्। यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन्।

काठमाडौंमा साझाका ३ वटा विद्युतीय बस सञ्चालन (भिडिओ)

काठमाडौं । साझा यातायातले आजदेखि तीन वटा नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट नेपाल ल्याइएको बस आजबाट सञ्चालनमा आएको हो । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षणपश्चात आजदेखि सेवा सुरु गरिएको हो । चिनियाँ कम्पनी नानजिङस्थित सीएचटीसीएचओले निर्माण गरेको विद्युतीय बस हो । साझाले आगामी दिनमा ३७ वटा बस सञ्चालन गर्ने […]

आजदेखि काठमाडौँमा साझाका बिजुली बस सञ्चालन

आजदेखि तीन वटा बिजुली बसले काठमाडौँमा सेवा थालेका छन्। साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले आज बिहान औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन्।...

काठमाण्डौमा साझाका तीन वटा बिजुली बस सञ्चालन, बाँकी ३७ वटा दशैँअघि नै ल्याइने

काठमाण्डाै - साझा यातायातले बिजुली बसको सुभारम्भ गरेको छ । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बिहान ११ बजे बिजुली बसको शुभारम्भ गर्नुभएको हो । शुभारम्भसँगै साझाका तीन वटा बिजुली बस दुई रुटमा चल्न थालेका छन् । रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा दुई वटा बस चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । बस अपाङ्गतामैत्री छ । अ...

उपत्यकामा गुड्ने भए विजुली बस : ४५ करोडको लागतमा किनिँदै

काठमाडौं : प्रदेश ३ सरकार, काठमाडौं, ललितपुर महानगरपालिका र साझा यातायातबीच काठमाडौं उपत्यकामा बिजुली बस सञ्चालन गर्ने सहमति भएको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गर...