कोलकत्ताको कारागारमा रहेका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज रिहा भएका छन्। चालीस वर्षदेखि कारागार जीवन बिताइहेका दुर्गाप्रसाद रिहा भएका हुन् ।
कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि आज दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका थिए ।
चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाएका थिए । उनलाई ह्या...