म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरुलाई बुधबार रिहा गरिएको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो । पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि रहेको जनाइएको छ । देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको बताइएको छ । राजबन्दीहरुको अधिकारसम्वन्धी एउटा समुहका अनुसार देशभरबाट पाँच हजार २१० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो ।