सात कुकुरको टोकाइबाट हुम्लामा एक महिला गम्भीर घाइते, उपचार गर्न नेपालगञ्ज पठाइयो

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् ।   आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुर आक्रमण गरेर गम्भीर घाइते बनाएका हुन् । स्थानीयकाअनुसार उनलाई ६/७ वटा कुकुरले टोकेर शरीरभरि घाउ बनाएका छन् ।  उनलाई फुटबल प्रशिक्षक विष्णु रावत...

सम्बन्धित सामग्री

सल्यानमा जीप दुर्घटना हुँदा घाइते भएकामध्ये ५ जना नेपालगञ्ज रेफर

सल्यान - सल्यानमा जीप दुर्घटना हुँदा घाइते भएकामध्ये ५ जनालाई नेपालगञ्ज रेफर गरिएको छ । १७ जना घाइतेमध्ये गम्भीर घाइते भएका ५ जनालाई जिल्ला अस्पताल सल्यानबाट नेपालगञ्ज रेफर गरिएको हो । गम्भीर घाइते हुनेहरुमा जीप चालक अर्जुन बुढामगर, भूमि पुन, जङ्गबहादुर पुन, अनिता पुन र उहाँका ६ वर्षका छोरा जीवन पुन रहेका प्रहरीले जनाएको छ । अन्य १२ जनाको जिल्ला अस्पताल सल्यान र जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा १४ वर्षका एनका पुन र ३९ वर्षका मानबहादुर पुनको ...

बर्दियामा चितुवाको आक्रमणबाट एक पुरुष गम्भीर घाइते

काठमाडाैँ- बर्दियाको मधुवन नगरपालिका- ४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका- ४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन्। उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ।

भारतको बाराबंकीमा बस दुर्घटना: चार नेपालीको मृत्यु, ६ गम्भीर घाइते

नेपालगञ्ज – बाँकेको सीमावर्ती शहर रुपैडिहाबाट गोवाका लागि गएको बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ। भारतीय पत्रकार नवी अहमदले दिएको जानकारी अनुसार, उत्तर प्रदेशको बाराबंकीमा शनिबार बिहान बस दुर्घटना भएको थियो। बस पन्चर भएपछि सडकको छेउमा रोकेर टायर परिवर्तन गर्दै गर्दा पछाडीबाट तीब्रगतिमा आएको ट्रकले ठक्कर दिएको थियो। बसमा कति जना सवार […]

बाँकेमा बसको ठक्करबाट एक बालक गम्भीर घाइते

बाँकेको कोहलपुर नगरपालिका–२ कौशिलानगरमा हिजो बेलुकी माइक्रो बसको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ६५० नम्बरको माइक्रो बसले पैदल हिँडिरहेका सोही ठाउँका ६ वर्षीय नविन परियारलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो ।  घाइते बालकको उपचार कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । माइक्रो बस सहित चालकलाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ ।

करेन्ट लागेर नेपालगञ्जमा बाबुछोराको मृत्यु

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१७ मा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय पर्शुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको हो।करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा पछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा मृ

कुकुरले टोक्दा एक महिला गम्भीर घाइते, थप उपचारका लागि नेपालगञ्ज लगियो

हुम्ला– कुकुरले टोक्दा हुम्लामा एक महिला घाइते भएकी छन् । सिमकोट गाउँपालिका वडा नम्वर ५ की ४२ वर्षीया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी हुन् । मंगलबार बिहान बाली गोडमेलका क्रममा उनलाई भुस्याहा कुकुरले टोकेको आफन्त विष्णु रावतले बताए । उनीमाथि ६/७ वटा कुकुरले आक्रमण गरेको र हात खुट्टा, पाखुरा, टाउकोमा समेत घाउ भएको […]

नेपालगञ्‍जमा मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटीएका एक जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीको […]

जाजरकोट बस दुर्घटनाका १५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

१२ मंसिर, सुर्खेत । जाजरकोटमा भएको बस दुर्घटनाका १५ जना घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । गम्भीर घाइते भएका तीन जनासहित ६ जनालाई हेलिकप्टर र मध्यम अवस्था भएका ९ जनालाई एम्बुलेन्समार्फत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर घाइतेहरुलाई नेपालगञ्ज […]

नेपाली सेनाको बस दुर्घटना हुँदा दशजना गम्भीर घाइते

नेपालगञ्ज । बाँकेमा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्। सोलु नाम्चेबाट कालिकोट सम्शेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बस बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा सोमबार अपरान्ह दुर्घटना भएको हो। बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईको नेतृत्वमा २३ जना सवार थिए। बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो। गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगञ्ज राझातर्फ पठाइएको सशस्त्रले जनाएको छ।