नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१७ मा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय पर्शुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको हो।करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा पछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा मृ