कुकुरले टोक्दा एक महिला गम्भीर घाइते, थप उपचारका लागि नेपालगञ्ज लगियो

हुम्ला– कुकुरले टोक्दा हुम्लामा एक महिला घाइते भएकी छन् । सिमकोट गाउँपालिका वडा नम्वर ५ की ४२ वर्षीया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी हुन् । मंगलबार बिहान बाली गोडमेलका क्रममा उनलाई भुस्याहा कुकुरले टोकेको आफन्त विष्णु रावतले बताए । उनीमाथि ६/७ वटा कुकुरले आक्रमण गरेको र हात खुट्टा, पाखुरा, टाउकोमा समेत घाउ भएको […]

सम्बन्धित सामग्री

बझाङमा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु

काठमाडौँ । बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ। काठमाडौँ घर भएका ४० वर्षीय सुमन विक्रम शाह शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि बैतडीको खोडपो पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याउँदै गर्दा […]

धारिलो हतियार प्रहार गरी छोराको हत्या

बाँके : कोहलपुरका ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी छोराको हत्या गरेका छन्।कोहलपुर नगरपालिका–१२ चप्परगौडीका वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी दिए।वलीले नुहाउँदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीम

बाटोमा लडेर वडा सदस्यको मृत्यु

काठमाडौं : रुकुम पूर्व सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको लडेर मृत्यु भएको छ।छिपखोलास्थित घरबाट रुकुमकोट जाँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेर गम्भीर घाइते भएका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको हो।बिहीवार बिहान लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृत्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए।

जाजरकोट बस दुर्घटना : घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज लगियो

नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस जाजरकोटमा राति दुई बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । कुशे(९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ । २९ जना घाइतेको उद्धार गरिएको थियो । बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।दुर्घटनामा बेहोस भएका उनीहरूलाई भेन्

जाजरकोट बस दुर्घटनाका १५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

१२ मंसिर, सुर्खेत । जाजरकोटमा भएको बस दुर्घटनाका १५ जना घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । गम्भीर घाइते भएका तीन जनासहित ६ जनालाई हेलिकप्टर र मध्यम अवस्था भएका ९ जनालाई एम्बुलेन्समार्फत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर घाइतेहरुलाई नेपालगञ्ज […]

सवारी दुर्घटनामा परेका घाइतेको विमानमार्फत उद्धार

दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् । घाइते जोशीको अवस्था गम्भीर रहेकाले समिट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।  राजमार्गअन्तर्गत

कोहलपुरमा बाबुले हसियाले हान्दा छोराको मृत्यु

बाँके। कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २० वर्षीय पोषण वलीको धारिलो हतियार हसियाँ प्रहारबाट मृत्यु भएको छ। घरायसी बादविवादका कारण उनकै बुबा ५० वर्षीय ठाकुर प्रसाद वलीले हसियाँ प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हसिया प्रहारबाट गम्भीर घाइते भएका पोषणलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको हो।