बाँकेको कोहलपुर नगरपालिका–२ कौशिलानगरमा हिजो बेलुकी माइक्रो बसको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ६५० नम्बरको माइक्रो बसले पैदल हिँडिरहेका सोही ठाउँका ६ वर्षीय नविन परियारलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो । घाइते बालकको उपचार कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । माइक्रो बस सहित चालकलाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ ।