नेपालगञ्ज । बाँकेमा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्। सोलु नाम्चेबाट कालिकोट सम्शेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बस बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा सोमबार अपरान्ह दुर्घटना भएको हो।
बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईको नेतृत्वमा २३ जना सवार थिए। बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।
सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो।
गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगञ्ज राझातर्फ पठाइएको सशस्त्रले जनाएको छ।