एजेन्सी। जर्मनीले अर्को महिनाबाट सुरू हुने फुटबलको नयाँ सिजनमा २५ हजार दर्शकलाई रंगशाला प्रवेश गर्न दिने भएको छ। मंगलबार जर्मनी फुटबल अधिकारीले राज्य सरकारबीच २५ हजार तथा रंगशालामा दर्शक क्षमताको ५० प्रतिशतलाई प्रवेश गर्न दिने सम्झौता भएको हो। कोरोना संक्रमण सुरू भएपछि जर्मनीमा बिना दर्शक फुटबल खेलाइएको थियो। जर्मनीले युरोपियन च्याम्पियनसिपमा १४ हजार ५०० दर्शकलाई रंगशालामा प्रवेश दिइएको थियो।