दैलेख : जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेर मात्र मतगणना स्थलमा प्रवेश दिइने

दैलेख – दैलेखका ११ वटै पालिकाका मतगणना स्थलमा जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेर मात्र प्रवेश दिइने भएको छ । दैलेखका सबै पालिकाका मतगणना स्थलमा एक/एक वटा 'ब्रेथलाइजर' प्रबन्ध गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । मतगणना स्थलमा होहल्ला र विवाद हुन नदिन 'ब्रेथलाइजर' प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ ।   'ब्रेथलाइजर' व्यवस्थापछि मतगणनाकाे सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सहज हुने दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भ...

सम्बन्धित सामग्री

दैलेख १ मा नेकपा एसका थापा एमालेका शर्माभन्दा ५६ मतले अघि

दैलेख – दैलेख प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी (एस) ले अग्रता लिएकाे छ ।  अहिलेसम्म ३४ हजार ७ सय ६५ मतगणना हुँदा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १४ हजार २ सय २ मतसहित अग्रता लिनुभएकाे छ । उहाँलाई नेकपा एमालेका रविन्द्रराज शर्माले १४ हजार १ सय ४६ मत प्राप्त गर्नुभएकाे छ । थापा र शर्माबीचकाे मतान्तर ५६ रहेकाे छ ।  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुरमाी शाहीले ३ हजार ९ सय ६५ मत प्राप्त गर्नुभएकाे छ । नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङले ६ सय २ र राष्ट्रिय स्वतन्त्र...

दैलेख क्षेत्र नम्बर १ मा गठबन्धन भन्दा एमाले अघि

दैलेख । प्रतिनिधि सभातर्फ दैलेख क्षेत्र नमबर–१ को मतगणना जारी छ । मत गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका रविन्द्रराज शर्माले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार अम्मर बहादुर थापालाई पछि पार्दै अग्रता कायम गर्नुभएको छ । एमाले उम्मेदवार शर्माले ५ हजार ९३१ मत ल्याएर अघि बढिरहँदा गठबन्धनका साझा उम्मेदवार थापाले […]

दैलेख-१ मा एमालेको अग्रता, एकीकृत समाजवादी पछिपछि

दैलेख क्षेत्र नम्बर एकमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । ८ हजार ९ मतगणना हुँदा एमालेका रविन्द्रराज शर्माले ३ हजार ६७५ पाएका छन् । शर्मालाई सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर थापाले ३ हजार २८२ मतसहित पछ्याइरहेका छन् । त्यसैगरी राप्रपाकी कुन्तीकुमारी शाहीले ३९४, नेमकिपाका प्रकाश गुरुङले ३१७ र राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ६२ मत पाएका छन् । हालसम्म कुल २५८ मत बदर भएको छ ।

दैलेख-१ (क) : एमालेका उम्मेदवार रेग्मी अघि

दैलैख : दैलेख-१ प्रदेशसभा (क) मा एमालेका उम्मेदवार धर्मराज रेग्मीले ४९१ मत प्राप्त गरेर अग्रता कायम गरेका छन्।  गठबन्धन दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३ सय मत प्राप्त गर्दै रेग्मीलाई पछ्याइरहेका छन्। मतगणना जारी छ।

दैलेख १ मा एमालेलाई अग्रता, एकीकृत समाजवादी पछ्याउँदै

दैलेख – दैलेख क्षेत्र नम्बर १ मा अहिलेसम्म तीन सय मतगणना हुँदा नेकपा एमालेले अग्रता बनाएकाे छ ।  मत परिणामअनुसार नेकपा एमालेका रविन्द्रराज शर्माले एक सय ५६ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एकीकृत समाजवादीका अम्बरबहादुर थापाले एक सय १५ मतसहित पछ्याइ रहनुभएकाे छ ।  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा की कुन्तीकुमारी शाहीले सात मत प्राप्त गर्नुभएकाे छ ।

दैलेख १ मा एमालेको अग्रता

दैलेख : दैलेख क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ।एमालेका रविन्द्रराज शर्माले २७ समाजवादीका अम्मरबहादुर थापाले १५ र राप्रपाका कुन्ति कुमारी शाहिले ३ मत प्राप्त गरेकी छन्।यतिखेर मतगणना जारी छ।

दैलेख-१ को मतगणना सुरु हुँदै

५ मंसिर, दैलेख । दैलेखको प्रतिनिधि सभा क्षेत्र नं. १ को मतगणना ११ बजेदेखि सुरु हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले क्षेत्र न‌ं. १ को मतगणना ११ बजेदेखि सुरु गर्ने सहमति गरेको हो । यो क्षेत्रमा एमालेका रवीन्द्रराज, एकीकृत समाजवादीका अम्मरबहादुर थापा, राप्रपाकी कुन्तीकुमारी शाही प्रतिष्पर्धामा छन् । क्षेत्र २ को मतगणना भने […]

दैलेखमा सोमबार बिहान ८ बजेदेखि मतगणना हुने

दैलेख : दैलेखमा भोलि (सोमबार) बिहान ८ बजे मतगणना शुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार सोमबार बिहान ७ बजेको सर्वदलीय बैठकपछि ८ बजेदेखि मतगणना शुरु हुने जनाइएको हो।२ प्रतिनिधिसभा तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा दैलेखमा ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालय दैलेखले जनाएको छ। निर्वाचन कार्यालय दैलेखले यहाँका ११ स्थानीय तहका १ सय ३९ मतदान स्थल र २ सय ७ मतदान केन्द्रमध्ये केही मतदान स्थल र मतदान केन्द्रका मत पेटिका भौगोलिक विकटताका कारण मतगणना स्थल

विवाद हुँदा दैलेखकाे नारायण नगरपालिकामा मतगणना रोकियो

दैलेख : स्थानीय तह निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा दैलेखकाे नारायण नगरपालिमा मतगणना राेकिएकाे छ। मत गणनामा कर्मचारीले गलत गरेकाे भन्दै कांग्रेसका उम्मेदवारले नारायणा २ काे पुन मतगणना गर्नु पर्ने भन्दै मतगणना राेक्न लगाएका हुन्। मतगणनास्थलमा हाल एमालेका कार्यकर्ताले नारावाजी गरिरहेका छन्। जसले गर्दा हाल त्यहाँ मतगणना कार्य रोकिएको छ।

कांग्रेस महाधिवेशन : दैलेख सभापतिमा रेग्मी

कर्णाली, १३ मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७९१ मत ल्याएर उनी विजयी भएका हुन् । गत शुक्रबारदेखि सुरुआत भएको अधिवेशनमा शनिबार मतदान र आइतबार साँझ मतगणना सम्पन्न भएको थियो । जिल्ला नेतृत्व चयनका लागि […]