बन्दशत्रको हलमा प्रवेश गरेका एमाले महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालिएको छ । अब सबैलाई अनिवार्य स्क्रिनिङ गरेर मात्र भित्र पस्न दिने तयारी छ ।
असम्बन्धित मान्छे प्रवेश गरेको र प्रतिनिधिलाई दिइने सामग्री दिन बाँकी रहेकाले बन्दशत्रको हलबाट बाहिर निकालिएको बताइएको छ । त्यस्तै ताेकिएकाे कुर्सीभन्दा अन्यत्र बसेकाले पनि बाहिर निकालिएको एमालेका एक नेताले बताए । अब आयाेजक र विभित्र क्षेत्रबाट आएका प्रतिनिधिलाई ताेकिएकै स्थानमा राखिँदैछ ।
यसले बन्दशत्र थप पर धकेलिने भएको छ ।