नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय निरन्तर घट्दै गएको विदेशी मुद्राको सञ्चितिकै लागि विलासिताका बस्तुहरुको आयातमा रोक लगाएको बताएका छन् । पछिल्लो समय उच्च आयातकाबीच बढ्दो सोधानान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिमा समेत तीब्र दबाब पर्न थालेपछि बाध्य भएर राष्ट्र बैंकले यस्ता वस्तुहरुको आयातमा नियन्त्रण नीति लिनु परेको उनले बताए । ‘अहिलेको सबै भन्दा ठूलो चुनौती विषय भनेको विदेशी मुद्रा सञ्चिति व्यवस्थापनको हो । यदि हामीले समयमा नै सर्