गएको एक महिनामा झण्डै ३९ अर्ब रुपैयाँले विदेशी मुद्राको सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आर्थिक वर्ष २०७८÷७९ को असारको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले जेठमसान्तदेखि असार मसान्तसम्म ३८ अर्ब ९६ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति बढेको जनाएको हो ।यद्यपि, यस्तो सञ्चिति अघिल्लो वर्षको असार मसान्तभन्दा १३.१ प्रतिशतले घटेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बचतमा रहेको सञ्चिति आर्थिक वर्ष २०७८/७९ को असार मसा