चालू आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा साढे १६ प्रतिशतले विदेशी मुद्राको सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति’अनुसार असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति साढे १६ प्रतिशतले घटेको हो ।असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर विदेशी मुद्राको सञ्चिति थियो । जुन, साउनदेखि चैत महिनासम्म आइपुग्दा घटेर ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँमा आइपुगेको छ । यसैगरी, यस अवधिमा अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिति १८.२