आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नै विदेशी मुद्राको सञ्चितिमा १.५ प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा साउन महिनामा १.५ प्रतिशतले घट्दै विदेशी मुद्राको सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो । यस्तो सञ्चिति २०७९ असार मसान्तसम्म १२ खर्ब १५ ८० करोड रुपैयाँ रहेको थियो । पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा आएको केही सुधारात्मक संकेतसँगै सरकारले आयातमा केही लचकता अपनाएपछि पुनः विदेशी मुद्राको सञ्चितिमा प्रभाव परेको देखिन्छ । थप, दसैं