राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् ।अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताए । मन्त्री थापाले भने,“राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।” सङ्घले प्रधानमन्त्री र राष्ट्रप

सम्बन्धित सामग्री

राज्य ठगिएको घटनामा छानबिन हुन्छ र कारवाही पनि हुन्छ: गृहमन्त्री श्रेष्ठ

वीरगञ्ज- गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य र राष्ट्र ठगिएको घटनामा छानबिन तथा कारवाही हुने बताएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय, पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न वीरगञ्ज आएका उनले यस्तो बताएका हुन्। प्रेस सेन्टर पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीमा सरुवा बढुवाको क्रममा हुने अवाञ्छित कार्यलाई आफ्नो कार्यकालमा शून्यमा झारिएको दावी गरे। ‘प्रहरीमा […]

माओवादीकै नेताहरु पनि भ्रष्टाचारमा पर्दैछन्, कारबाही हुन्छ : गृहमन्त्री

काठमाडौं, २० जेठ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेतापनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्ने बताएका छन्। भोलि केही माओवादीका नेताहरु पनि भ्रष्टाचारमा परे आश्चर्य नमान्न आग्रह गर्दै उनले उनीहरुमाथि पनि कारवाही हुने बताए। शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रियभेलालाई सम्बोधन गर्दै उनले सरुवा, बढुवा भनेर नागरिक झुक्याउनेलाई जेल हाल्ने चेतावनी दिए।

बर्दिया घटनाबारे गृहमन्त्री–आदेश बिना प्रहरीले गोली चलायो, कारवाही  गर्छौँ

गृहमन्त्री वालकृष्ण खाँणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीको घटनाबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा उनले सीडीओको आदेशबिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।  सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले दोषीलाई कारवाही गर्नका र घटनाको सत्यतथ्य छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको जानकारी गराए । घिमिरेको ने

पार्टी निर्णय विपरित जानेलाई कारवाही हुन्छ : गृहमन्त्री खाँण

बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दलका नेताहरु गठबन्धनले गरेको निर्णय विपरित जान नुहने बताएका छन् । उनले त्यस्तो गरे पार्टिले कारबाही गर्ने पनि बताए । रुन्देहीस्थित आफ्नै निवासमा पत्रकार भेटघाट गर्दै उनले सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु कांग्रेस केन्द्रीय समितिको निर्णय नै भएको बताए । गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै […] The post पार्टी निर्णय विपरित जानेलाई कारवाही हुन्छ : गृहमन्त्री खाँण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुजिता भण्डारीको हत्यारालाई कारवाही गर्न माग गर्दै ज्ञापनपत्र

चिल्ड्रेन भिजन नेपालले सुजिता भण्डारीको हत्यारामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्र्दै आज उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेल समक्ष ज्ञापन पत्र बुझाएको छ । भिजन नेपालले चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी सुजिताका हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हदैसम्मको कारवाही गरी आम महिलाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुव्यवस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरेको छ । यही असार ११ गते बिहान साथीको घर जान हिँडेकी सुजिता सोही दिनदेख...

गृहमन्त्री बादलले जित्लान् त उपचुनाव ?

नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि राष्ट्रियसभा सदस्य पद खोसिएका गृहमन्त्री रामबहादुर थापा बादललाई केपी ओली नेतृत्वको एमालेले पुनः उम्मेदवार बनाएको छ । बादलका कारण खाली रहेको पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।वागमती प्रदेशमा ‘अन्य समूह’ बाट पुनः चुनाव लड्न लागेका गृहमन्त्री बादलले यसअघि माओवादी र एमालेको संयुक्त मतबाट  जितेका थिए । यसपालि उनी एक्लो एमालेका तर्फबाट मैदानमा खडा भएका छन् ।जेठ ६ मा हुने उपचुनावमा बादलले कोसँग प्रतिस्पर्धा गर्ने भन्ने अझै टुंगो लागिसकेको छै

एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले गर्‍यो कारवाही

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि कारवाही गरेको छ । माओवादी केन्द्रले एमाले प्रवेश गरेका थापालाई कारवाही गरेको पत्र संघीय संसदमा बुझाएको छ । यसअघि माओवादी केन्द्रले एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीमाथि कारवाही गरेको थियो । जसअनुसार उनीहरुको प्रतिनिधिसभा सदस्य पद खारेज भएको […]

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिनुभएको छ । अखिल नेपाल महिला संघ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आइतबार गृहमन्त्री थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरु विरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो। मन्त्री थापाले भन्नुभयो, ‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।’ सङ्घले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो । ‘लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ’ ज्ञापन पत्रमा भनिएको छ । टोलीले आजै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई पनि भेटेर ज्ञापनपत्र बुझाएको छ ।