२३ आयोजना साँवा-ब्याज तिर्नै नसक्ने अवस्थामा

निर्माण सम्पन्न भएका कुल ८२ मेगावाट क्षमताका २३ आयोजना साँवा तथा ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको सरकारी प्रतिवेदनले देखाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले संकटग्रस्त जलविद्युत् आयोजना समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनअनुसार, सबैभन्दा बढी संकटग्रस्त ३९ आयोजनामध्ये २३ आयोजना यस्तो अवस्थामा पुगेका हुन् । सामान्यतया १० वर्षभित्र साँवा ब्याज तिरेर आयोजनाहरू प्रतिफल आउने अवस्थामा पुग्ने भए पनि यी आयोजनाहरू भने जनताको सेयर र लगानीकर्ताको प्रतिफल नभइ बैकको साँवा र ब्याज तिर्न सक्ने अवस्थामा पनि छैनन् । प्रतिवेदनले यसको कारण भने सरकारी निकायले सहजीकरण गर्न नसकेको उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् । सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफूले जिम्मेवारी सम्हालेको सय दिनमा अर्थतन्त्रमा निकै सुधार भएको भनिरहनुभएको छ तर केही महिनापछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदै छ […] The post ‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बौद्ध–जोरपाटी क्षेत्रका चार सहकारी बचत फिर्ता गर्न नसक्ने अवस्थामा

पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही सहकारीले भने थोरैमात्र बचत फिर्ता गरिरहेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा कार्यालय रहेको सुमो बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–६ मा कार्यालय रहेको मुक्ति बचत …

चेर्नोबिल परमाणु केन्द्रका कर्मचारीहरू मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा

काठमाडौँ– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) ले युक्रेनस्थित रुसी नियन्त्रणमा रहेको चेर्नोबिल परमाणु केन्द्रस्थित कर्मचारीहरूले नियमित मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ।  आईएईएले युक्रेनबाट प्राप्त जानकारीमा जनाएअनुसार ३ सातादेखि निरन्तर काममा रहेका  कर्मचारीहरूको थकानका कारण काम गर्न नसक्ने अवस्था आएको हो।  सोभियत कालमा ठूलो परमाणु दुर्घटना बेहोरेको चेर्नोबिल अहिले उपयोगमा नरहेपनि त्यहाँबाट आइरहेको […]

प्राथमिक पुँजी नपुग्दा केही बैंक लाभांश दिन नसक्ने अवस्थामा

प्राथमिक पुँजी र तलरता अनुपातमा ह्रास आएसँगै केही वाणिज्य बैंकहरू लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका छन् । जोखिमका आधारमा प्राथमिक पुँजीको अनुपात (सिसिएआर) नपुगेकै कारण लाभांश वितरणमा रोक लागेको एनआइसी...

काँग्रेस र राप्रपा फुट्नै नसक्ने, कम्युनिस्टहरु जुट्नै नसक्ने

काठमाडौं, ७ पौष । नेपाली काँग्रेस फुट्नै नसक्ने अवस्थामा छ । त्यही अवस्था राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि छ । काँग्रेसभित्र जतिसुकै आन्तरिक द्वन्द्व भएपनि फुटको सम्भावना न्यून छ । काँग्रेस फुट्नै नसक्ने गरी जडिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि फुट्नै नसक्ने भएको छ । राप्रपामा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि आक्रोशित कमल थापा अन्ततः […]

बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा

नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असार मसान्तसम्ममा सिडी अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने बताएको छ । तर पनि बैंकहरुले सिडी अनुपात ९० प्रतिशत बढाएर कर्जा लगानी गर्दा आफैँलाई असुविधा हुने कारण सचेत र

बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा

नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सीडी) अनुपात नाघ्न लागेपछि बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सीडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिअनुसार असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने बताएको छ । तरपनि बैंकहरुले सीडी अनुपात ९० प्रतिशत बढाएर कर्जा प्रवाह गर्दा आफैलाई असुविधा हुने कारण सचेत रहेको खबर कारोबार दैनिकमा छापिए...

बेड भएपनि बिरामी राख्न नसक्ने अवस्थामा पुग्यो कर्णाली अस्पताल

३१ वैशाख, सुर्खेत । कर्णाली प्रदेश कोभिड अस्पतालले यतिखेर बेड हुँदाहुँदै पनि थप संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको छ । अक्सिजनको अभाव हुँदा प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको एकमात्र ठूलो अस्पतालले कोरोनाका थप बिरामीलाई भर्ना गर्न नसक्ने अवस्थामा पुगेको जनाएको हो । ‘अहिलेसम्म त नयाँ संक्रमितलाई भर्ना लिएका थियौं, अब भने रोक्नुपर्ने स्थिति आएको छ,’ […]

कोभिडका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुग्यो कर्णाली प्रदेश अस्पताल

सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल पनि कोभिड–१९ संक्रमण भएका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको छ।