नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सीडी) अनुपात नाघ्न लागेपछि बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सीडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिअनुसार असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने बताएको छ ।
तरपनि बैंकहरुले सीडी अनुपात ९० प्रतिशत बढाएर कर्जा प्रवाह गर्दा आफैलाई असुविधा हुने कारण सचेत रहेको खबर कारोबार दैनिकमा छापिए...